रौतहटमा निषेधाज्ञाको समयमा जुवा खेल्ने १० जना पक्राउ

कञ्चन आवाज
४ जेठ,२०७८

निषेधाज्ञाको सयममा होटेलमा बसेर जुवा खेल्ने १० जना जुवाडे रौतहटबाट पक्राउ परेका छन्।

रौतहटको गौर नगरपालिका १ स्थित सूर्य बैम्बो रेष्टुरेन्ट भित्र जुवा खेलिरहेको अवस्थामा उनीहरुलाई प्रहरीले पक्राउ गरेको हो।

पक्राउ पर्नेमा सर्लाहीको बलरा नगरपालिका ३ वस्ने रेष्टुरेन्ट सञ्चालक अभिषेख मिश्र, रौतहट गौर नगरपालिका वडा नम्बर १ वस्ने करणकुमार यादव, सोही स्थानका राजाबाबु महतो, विवेक जैसवाल, अर्जुन कुमार बैठा, अरुण कुमार महतो रहेका छन्।

यस्तै सोही नगरपालिका वडा नम्बर ३ बस्ने आशिष कुमार, वडा नम्बर ५ वस्ने शिवशंकर यादवलाई पनि पक्राउ गरिएको रौतहटका प्रहरी पवक्ता एवम प्रहरी नायब उपरीक्षक भरत श्रेष्ठले जानकारी दिए।

जुवा खेलिरहेको स्थानबाट ६४ हजार १ सय ६५ नगद, ११ थान मोबाइल पनि बरामद गरिएको उनले बताए।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button