प्रधानमन्त्री ओलिले लिने भनिएको विश्वासको प्रस्तावमा मत विभाजन सुरु

कञ्चन आवाज
२७ बैशाख २०७८

प्रधानमन्त्री केपी शर्मा ओलीले लिन चाहेको विश्वासको मतको पक्ष विपक्षमा मत विभाजन सुुरु भएको छ। संविधानको धारा १०० (१) अनुसार ओलीले आफूमाथि सदनको विश्वास स्पष्ट गर्नका लागि फ्लोरमा गएका हुन्।

अहिले संसदमा विभाजन घण्टी पनि सांसदहरुले मत दिन सुरु गरेका छन्। मतदानका लागि पक्षमा मत दिनेका लागि ‘हुन्छ’ विपक्षमा मत दिनेलाई ‘हुन्न’ र तटस्थ बस्ने सांसदहरुले ‘मत दिन्न’ भन्ने पुष्तिकामा हस्ताक्षर गर्नेछन्।

कांग्रेस, माओवादी, जसापको उपेन्द्र यादव पक्षले ओलीको विपक्षमा मतदान गर्दैछन् भने एमालेकै माधवकुमार नेपाल पक्ष उपस्थि भएको छैन। जसपाको महन्थ ठाकुर पक्ष तटस्थ बस्ने भएको छ।

ओलीले विश्वासको मत पाउन १३६ जना सासदले पक्षमा मतदान गर्नुपर्छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button