कोभिड संक्रमण र रुघाखोकीको लक्षण देखिए निम्न विधि अपनाइहाल्नुस

एजेन्सी
२१ बैशाख २०७८

जाडो लाग्न थालेपछि रुघाखोकीले समात्ने सम्भावना हुन्छ । मौसम परिवर्तन हुँदा शरीरले प्रतिक्रिया जनाउँछ । त्यो भनेको नाक बन्द हुनु, रुघा लाग्नु र गला खिचखिच हुनु हो ।तसर्थ आजभोलिको दिनहरूमा कोरोनाको भए पनि उत्तिकै छ र कोरोनाले नाक र मुखबाट स्वास फेर्न निकै गाह्रो हुने गरेको छ।त्यसैले निम्न अनुसारका घरेलुु उपाय अपनाउन मानव स्वास्थ्यको लागि हितकारी छ।

बन्द नाक खोल्नका लागि बजारबाट सामान ल्याउनुभन्दा घरेलु उपाय नै अपनाउनु ठीक हुन्छ ।

बाफ
पानी उमालेर त्यसमा पुदिनाका केही पात पिँधेर हाल्नुस् र दुई मिनेपछि त्यो पानीको बाफ लिनुस् । दिनमा दुईचोटि यसो गर्नुभयो भने बन्द नाकमा धेरै राहत पाउनुहुन्छ ।

कागती चिया
कागती हालेको चियामा मिठासका लागि सानो चम्चा मह हालेर पिउनुभयो भने पनि नाक खुल्छ ।

सर्स्युँको तेल
एक चम्चा सर्स्युँको तेल तताएर हल्का चिसो हुन दिनुस् अनि त्यसका केही थोपा नाकमा हाल्नुस् । नाक खुल्छ ।

नूनपानी
पानीमा नून हालेर घोल बनाउनुस् र त्यो घोलले नाक धुनुस् । त्यसो गर्दा नाकमा भएका ब्याक्टेरिया र भाइरस सकिन्छन् र नाक खुलेर आराम पाइन्छ ।

नाक सेक्ने
एउटा सफा रुमाल तातो पानीमा हाल्नुस् र त्यसलाई बन्द नाकमा राखेर सेक्नुस् । यसो गर्दा आराम अनुभव गर्नुहुनेछ ।

तुलसीको पात
बन्द नाक खुलाउन तुलसीको पात खाँदा पनि काम गर्छ ।

मह
महले बन्द नाक खुलाउँछ र घाँटी खसखसाएको पनि हटाउँछ । एक कप मनतातो पानीमा दुई चम्चा मह हालेर पिउनुस् ।

नीलगिरीको तेल अनि लसुनको सूपले पनि बन्द नाक खुलाउँछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button