पञ्चदेवल नगर क्षेत्रका सम्पुर्ण शैक्षिक संस्था बन्द,भिडभाड भने अझै नियन्त्रणमा आउन सकेन

            सुनिल अधिकारी,अछाम।
               १५ बैशाख २०७८

देशभर द्रोसो लहरको कोरोना भाइरस कोभिड १९ को सन्त्रासले जनजिवन प्रभावित र शसङ्कित तुल्याइरहेको यस दुखद घडीमा सुदुरपहाडको जिल्ला पञ्चदेवल बिनायक नगरपालिकाले भने नगरबासिको स्वास्थ्यमा ध्यान दिनै छाडेको छ।

अछामको प्रमुख ब्यापारीक केन्द्र भनेर चिनिने उक्त नगरपालिकाको बिनायक बजारमा दैनिक भिडभाड अरु समयको तुलनामा ३ दिन यता उच्च रहेको छ।

सबैभन्दा बढी भिडभाड हुने क्षेत्रहरुमा बिनायक बजार,बसन्ती डाडा बजार,बिनायक नगरपालिकाको आडैमा सञ्चालित माछापुच्छ्रे बैंक , कर्णाली प्रदेश र सुदुरपस्चिम प्रदेश जोड्ने प्रमुख सिमाना बेलखेत बजार, आइएमइ सेन्टर लगायतका थुप्रै बिषयगत शाखा रहेका छन।

हेरौ यो भिडभाड 

कर्णाली प्रदेश र सुदुरपस्चिम प्रदेशको प्रत्यक्ष सिमाना जोडिएको यो नगरपालिकालाई मध्य पहाडी राजमार्ग ले जोड्ने गरेको छ।

कर्णाली प्रदेशको सुर्खेत लगायत का स्थान र सुदुरपस्चिम प्रदेशका कैलाली आसपासका क्षेत्रमा कोरोना संक्रमितको संख्या दिनप्रतिदिन बढिरहदा उक्त क्षेत्रहरु लकडाउन अर्थात बन्दाबन्दिमा गएका छन।तर उक्त छिमेकी जिल्ला सङ्ग प्रत्यक्ष सम्बन्ध गासिने र छिमेकी जिल्ला जोडने सिमानाकामा पञ्चदेवल विनायक नगरपालिकाले बाहिरबाट आउने यात्रु खुलेया नगर प्रबेश दिन थालेपछि समुदाय स्तरमा कोरोना फैलिसकेको हुन सक्ने स्थानीय बासिहरुले आकलन गर्न थालेका छ्न।

पञ्चदेवल विनायक नगरपालिका क्षेत्रका मानिसहरू रोजगारी गर्न गएको अवस्थामा छिमेकी देश भारत लगायतका स्थानमा लकडाउन गरिएपछि आफ्नो रोजगार गुमेपछी नगर प्रबेश गर्ने हरुको लर्को नै लाग्ने गरेको छ।तर यस्तो अवस्थामा पनि बिदेश बाट स्वदेश फर्किने हरुको यस्तो किसिमको लर्को लागिरहदा उनिहरुमा कोरोना छ या छैन भनेर एकिन गर्न नगरपालिकाले नागरिकको स्वाब संकलन ,क्वारेन्टाइन निर्माण एबम ब्यबस्थापन लगायतका संरचना निर्माण मा ध्यान दिन छाडेको र यसबाट नागरिक लाई कसरी बचाउने र कस्ले बचाउने भन्ने बिषयमा प्रश्नवाचक चिन्न खडा भएको नेपाल कम्युनिस्ट पार्टी(एमाले)का एक युवा नेता एबम नगर कमिटी अध्यक्ष बखत बहादुर कडायत ले बताए।

साथै;छिमेकी जिल्ला हरुमा कोरोनाको जोखिम भयावह भैरहेको अवस्थामा बिधालय हरुको पठनपाठन कार्य बन्द गरिएको र वार्षिक परिक्षाको समय तालिका पनि स्थगित गरिएको छ।यता नगरपालिका ले पठनपाठन गराउन अनुमति दिन्छ वा दिदैन,विद्यार्थीहरुको वार्षिक परिक्षा सञ्चालन गर्ने वा नगराउने भन्ने बिषयमा नगरपालिकाले ठोस निर्णय गर्न नसक्दा विद्यार्थी,अभिभावक र शिक्षकहरु यो बिषयमा अनविज्ञ रहेको वडा न:३ स्थित श्री बिधामन्दिर नमुना माध्यमिक बिधालय मा अध्ययनरत छात्र बिरेन्द्र बहादुर शाहि ले दुखेसो गरे।

यसैबीच उता ,यस्ता बिबिध खालका समस्या र गुनासो प्राप्त भएपछि यस्को वास्तविक कुरा बुझ्नको लागि कञ्चन आवाज ले पञ्चदेवल विनायक नगरपालिकाका प्रमुख प्रसासकिय अधिकृत पदम बहादुर माझी सङ्ग थप जानकारी लिन खोज्दा उहाले यो विषयमा आफुलाइ कुनै किसिमको जानकारी नभएको र आफु एक कर्मचारी भएको भन्दै यस बिषय मा जानकारी लिन नगरपालिकाका प्रमुख र उपप्रमुख लाई सम्पर्क गर्न अनुरोध गरे।

साथै:अधिकृत माझिले दिएको प्रतिक्रिया बमोजिम पञ्चदेवल बिनायक नगरपालिकाका नगर प्रमुख देवराज देवकोटा लाई पञ्चदेवल बिनायक नगरपालिकाले कोरोना रोकथाम तथा नियन्त्रण गर्न के कस्ता कार्यक्रम अगाडी बढाइरहेको छ?,नगरबासिको स्वाब संकलन किन हुन सकेन?कोरोना को यस्तो चरम संकटमा पनि भिडभाड गर्ने क्षेत्रमाथी किन कार्वाही हुन सकेन?,बिधालयमा नियमित पठनपाठन हुन्छ वा हुदैन?,परिक्षा सञ्चालन हुन्छ वा हुदैन? भनेर कञ्चन आवाजले सोधेको प्रश्नमा उहाले”पञ्चदेवल विनायक नगरपालिका कोरोना रोकथाम का लागी तल्लीन भएर गम्भीरतापुर्बक रुपले लागि परेको , कर्णाली प्रदेश र सुदुरपस्चिम प्रदेश को प्रवेश द्वारको रूपमा रहेको सिमानाका बेलखेत बजारमा हेल्थ डेस्क स्थापना गरेको बताए।साथै उहाले आज देखि नै नगरपालिका क्षेत्र भित्र रहेका बिधालय को पठनपाठन अर्को सुचना नभए सम्मको लागि स्थगित गरिएको र बार्शिक परिक्षा पनि स्थगित भएको प्रष्ट पारे।यसैबीच अहिलेको समयमा गम्भीर प्रकृतिका बिरामी बाहेक अरु सामान्य बिरामी को स्वाब संकलन र क्वारेन्टाइन को ब्यबस्थापन नेपाल सरकारको नीति भन्दा बाहिर रहेको हुनाले सोही बमोजिम पिसिआर परिक्षण र क्वारेन्टाइन निर्माण गर्न नसेकेको पनि प्रकाश पारे।

साथै भिडभाड हुने क्षेत्रमा सामाजिक दुरि कायम गर्न त्यति सम्भब नहुने पनि नगर प्रमुख देबकोटाले अभिव्यक्ति दिए।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button