घोराही चेम्बर अफ कमर्सको ब्यवस्थापनमा संचालित क्रिष्टल तथा मोतीका चूरापोते बनाउने तालिम सम्पन्न

शरद रिजाल
बैशाख१०,दाङ
घोराही चेम्बर अफ कमर्सको ब्यवस्थापन तथा घोराही उपमहानगरपालिका वडा नं १६ को सहयोगमा ७ दिने क्रिष्टल तथा मोतीका चुरा पोते बनाउने तालिमको एक कार्यक्रम बिच समापन भएको छ।
महिला दिदीबहिनीहरुलाई स्वरोजगार बनाउने उदेश्यले तालिमको आयोजना गरिएको घोराही चेम्बर अफ कमर्सले जनाएको छ।
घोराही उपमहानगरपालिका वडा नं १६ का अध्यक्ष तारा बहादुर डाँगीले सिकेको सिप ब्यवहारमा लागु गर्न तालिममा सहभागीहरूलाई अनुरोध गर्नुभयो । आर्थिक जोहोको निम्ती दिदीबहिनीहरु आफैं अगाडि बढ्नु पर्ने बताउदै १६ न वडाले पुन : सिपमुलक कार्यक्रम संचालन गर्ने प्रतिवद्धता जाहेर गर्नु गर्नुभयो । घोराही चेम्बर अफ कमर्स का कार्यबाहक अध्यक्ष शरद खनालले बिगतमा पनि घोराही चेम्बर अफ कमर्सले सामाजिक उत्तरदायित्वको काम गरेको स्मरण गर्दै महिला दिदीबहिनीहरुलाई स्वरोजगार बनाउने उदेश्यले तालिमको आयोजना गरिएको बताउनुभयो । तालिममा सहभागी दिदीबहिनीहरुलाई निर्धक्क भई ब्यबसायमा लाग्न अनुरोध गर्दै घोराही चेम्बर अफ कमर्सले निरन्तर सहयोग गर्ने प्रतिबद्धता उहाँले गर्नुभयो । आर्थिक जोहोका निम्ती महिला सक्षम भैसकेको र सिकेको सिप ब्यवहारमा लागु गर्न घोराही चेम्बर अफ कमर्सकि सह-कोषाध्यक्ष लक्ष्मी गिरी थापाले बताउनुभयो । तालिमको मुख्य प्रशिक्षक बिष्णु थापाले सिकेको सीपको सही सदुपयोग गर्न सहभागी हरूलाई आग्रह गर्दै सफल ब्यवसायी बन्न आग्रह गर्नुभयो।
कार्यक्रममा पत्रकार बसुन्धरा गौतम, सरीता सुबेदी घोराही- १६का सामाजिक परीचालक सरस्वती खड्का, दिपा डिसी लगायतका वक्ताहरुले आ आफ्ना भनाई राख्नुभएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button