बिहीबार(आज) थप २४२८ जनामा कोरोना संक्मण पुस्टि,

  • कञ्चन आवाज,अछाम।
  • ९ बैशाख २०७८

नेपालमा पछिल्लो २४ घण्टामा थप २ हजार ४ सय २८ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ। जसमध्ये २ हजार ३ सय ६५ जनामा पीसीआर र ६३ जनामा एन्टिजेन परिक्षणबाट संक्रमण पुष्टि भएको हो।

यससँगै देशभर हालसम्म कोरोना संक्रमितको कुल संख्या २ लाख ९२ हजार १५२ पुगेको छ।

स्वास्थ्य तथा जनसंख्यमा मन्त्रालयका अनुसार २४ घण्टामा २५२ जना कोरोना संक्रमित डिस्चार्ज भएका छन्। यससँगै हालसम्म संक्रमणमुक्त हुनेको संख्या २ लाख ७६ हजार ३ सय ४५ पुगेको छ।

हाल देशभर १२ हजार ६ सय ९० जना सक्रिय संक्रमित रहेका छन्। गत २४ घण्टामा १० हजार १ पीसीआर र ४ सय ४७ एन्टिजेन परीक्षण भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ।

मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा थप ५ जना कोरोना संक्रमितको मृत्यु भएको छ। यससँगै देशभर कोरोनाबाट ज्यान गुमाउनेको संख्या ३ हजार १ सय १७ पुगेको छ।

यस्तै पछिल्लो २४ घण्टामा काठमाडौँ उपत्यकामा मात्रै १ हजार १ सय ७४ जना संक्रमित थपिएका छन्। काठमाडौँमा ९८७, भक्तपुरमा ८१ र ललितपुरमा १०६ जनामा करोना संक्रमण पुष्टि भएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button