नयाँ भेरिएन्टको को कोरोना संक्रमण सुदुरपस्चिममा पनि भित्रीयो,३ जनामा संक्रमण

  • कञ्चन आवाज
  • २१ चैत्र २०७७

सुदूरपश्चिम प्रदेशका ३ जनामा नयाँ प्रकार(भेरियन्ट)को कोरोना संक्रमण पुस्टि भएको छ।

राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा गरिएको परीक्षणमा त्रिनगर नाकाबाट भित्रिएका कञ्चनपुर, डडेल्धुरा र डोटीका एक/एक जनामा संक्रमण पुस्टि भएको प्रदेशको सामाजिक विकास मन्त्रालयका प्रवक्ता नरेन्द्र कार्कीले बताए।

‘हामीले नाकाबाट भित्रिएका २० जनाको नमूना राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा परीक्षणका लागि पठाएका थियौं’ उनले भने, ‘ती मध्ये ३ जनामा नयाँ भेरियन्टको कोरोना देखिएको छ। तर कुन प्रकारका हो भनेर पुस्टि भएको छैन।’

कञ्चनपुरको कृष्णपुर नगरपालिका, डडेल्धुराको परशुराम नगरपालिका र डोटीको जोरायल गाउँपालिकाका ती संक्रमित हाल होम आइशोलेसनमा रहेको सामाजिक विकास मन्त्रालयले जनाएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button