दोस्रो लहरको कोरोना बाट बच्न पञ्चदेवल नगरपालिकाले गर्यो यस्ता निर्णय(सुचना सहित)

सुनिल अधिकारी,अछाम ।
१२ चैत्र २०७७

अछाम-जिल्लाको पञ्चदेवल बिनायक नगरपालिकाले पछिल्लो समय छिमेकी देश भारत लगायतका स्थानमा कोरोना भाइरस (कोभिड-१९) को दोस्रो लहर चले सङ्गै यस बाट बच्न थप संयमता र साबधानी अपनाउन नगरबासिमा अपिल गरेको छ।

तराईका जिल्ला तथा भारतमा अछाम जिल्लाका नागरिकहरुको आवत जावत बढी हुने भएकाले कोभिडको जोखिम बढी भएर जनस्वास्थ्यमा गम्भिर असर हुने भन्दै सर्तक रहन पञ्चदेवल बिनायक नगरपालिका द्वारा जारी गरिएको सुचना पत्रमा उल्लेख गरिएको छ।

जिल्ला कोभिड संकट ब्यबस्थापन केन्द्र अछामको मिति २०७७ साल चैत्र ११ गते बसेको बैठकको निर्णय अनुसार आउदै गरेको फागु पूर्णिमा लगायतका कुनै पनि मेला, पर्व, महोत्सव, जात्रामा भिडभाड भेला जुलुस नर्गन, धार्मिक तथा सामाजिक क्षेत्रमा भौतिक दुरी कायम गरि जनस्वास्थ्य सुरक्षाका मापदण्ड पुरा गर्न, मानिसको आवागमन बिहान ४ देखि बेलुका १० बजेसम्म मात्र गर्न अनुरोध गरेको छ ।

यस्तै ज्वरो आएमा यात्रुहरुको मलेरिया सम्भव भए कोभिड १९ को एण्टीजेन परिक्षण गर्न, सबै कार्यालय, संघ संस्था, बिद्यालहरुमा सेनिटाईजर, मास्कको प्रयोग र भोतिक दुरी कायम गर्न आग्रह गरिएको छ ।

हेरौ यो सूचना 

बैठक गोष्ठी वा सेमिनार सम्भव भएसम्म भर्चुअल गर्न लगायतका सुरक्षाका मापदण्ड पूर्ण रुपमा पालना गर्न पञ्चदेवल बिनायक नगरपालिकाले अनुरोध गरेको छ।

साथै,यतिखेर छिमेकी मुलुक भारत लगायतका स्थानमा फैलिरहेको कोरोना भाइरस(कोभिड-१९) पहिलो चरणमा देखा परेको कोरोना भाइरस भन्दा झन शक्तिशाली र मानव स्वास्थ्यको लागि बढी घातक भएकोले यसबाट बच्न नेपाल सरकार द्वारा जारी गरिएका जनस्वास्थ्यका मापदण्डहरु पालना गर्नुपर्ने आवश्यक रहेको नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत पदम बहादुर माझिले बताए।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button