बिनायक नगरको सुन्दरता हरायो, दिन दुई गुणा रात चार गुणा दुर्गन्धित बन्दै,स्थानीय सरकार हेरेको हेरै

  •                कञ्चन आवाज
  •               १४ फागुन २०७७
    .

अछाम-पबित्र शब्द पञ्चदेवल को नामले नामाकरण गरिएको पञ्चदेवल बिनायक नगरपालिकाले यतिखेर फोहोर र दुर्गन्ध सङ्ग मितेरी गासे जस्तै बनेको छ।

बि.स.२०७३ सालमा स्थापना भएको पञ्चदेवल बिनायक नगरपालिकाले अरु बिकाश निर्माणका कामलाई निरन्तरता दिए पनि नगरको सौन्दर्यकरण र सुन्दरता कायम राख्न अझै पनि ध्यान दिन सकेको छैन।

एउटा स्वच्छ,सफा र सुन्दरता युक्त नगरको परिकल्पना प्राय सबै स्थानीय पालिका को कर्तव्य हुन्छ।तर पञ्चदेवल बिनायक नगरपालिकामा प्रवेश गर्ने जो सुकै मानिसले अहिले नाक थुनेर हिड्नुपर्ने बाध्यता सिर्जना भएको छ।

नगरपालिका को कार्यालय र पबित्र धार्मिक स्थल पञ्चदेवल मन्दिर यसै नगरमा अवस्थित रहेकोले यो सङ्गै पञ्चदेवल को चिनारी पनि बिस्तारै मेटिदै गएको स्थानीय हरुले बताएका छन।

नगरपालिका क्षेत्रमा रहेका पसल अगाडि फोहोरका डङ्गुर,टुटेफुटेका सिसा अर्थात फलामका टुक्रा,सडकको बिच भागमै निर्माण सामग्री का लागि प्रयोग गरिने (बालुवा गिट्टी) जम्मा गरेको हुनाले यो सडक हो या होइन भन्ने कुरा छुट्याउन बाहिर बाट यात्रा गरेर बिनायक प्रबेश गरेका यात्रुहरुलाइ गार्हो भएको छ।

यतिमात्र नभएर नगरपालिकाको कार्यालय देखि बाल्देमान्डौ सम्म जाने सडकका विभिन्न ठाउँमा सलिया उप्किएर कैयो पटक दुर्घटना भैसकेको र निकट समयमै यो समस्या समाधान नभए यो सडकले अर्को भयानक दुर्घटना निम्तिने बिनायक बजारमा होटल ब्यबसाय सञ्चालन गरिरहेका होटल सञ्चालक चन्द्र बहादुर कडायतले बताउनु भयो।

बि.स.२०७५ सालमा बितरण गरेको ठुला डस्टिबन अर्थात फोहोर हाल्ने भाडा यतिखेर फोहोर हाल्नको लागि प्रयोग नभई ब्यापारी हरुले पानी भर्न र अन्य आफ्नो ब्यक्तिगत कामको लागि प्रयोग गरेको पाइएको हुदा नगरको फोहोर बिच सडकमै थुप्रिन गएको एक अध्ययन ले देखाएको छ।

अछाम का अन्य पालिकाहरुको रुपरेखा प्रायजसो सडकले निर्धारण गरेतापनी पञ्चदेवल बिनायक नगरपालिकाको बिच सडकमै पसल सञ्चाकहरुले आफ्नो पसल आवतजावत गर्नको लागि सिढी निर्माण गरेको छर्लङ्ग देखिएको छ,अव्यवस्थित कुखुरा कटिङ र ब्रोइलर पालनले झन बजार क्षेत्रमा दुर्गन्ध निम्त्याएको छ।

यस्तो गैरजिम्मेवार कार्य एउटा स्थानीय सरकार माथी देखा पर्दा पनि नगर सरकारले यस्को समस्या समाधान प्रती ध्यान नदिएको र यस्तो लापरबाही हुदा समेत नगर सरकार मुखदर्शक बनेर बसेको देख्दा स्थानीय हरुले नगर सरकारको भित्री मिलेमतो ब्यापारी सङ्गको गरेको हुनसक्ने आकलन गरेका छन।

यसैबीच”नगरबासिले यस्तो किसिमको समस्या बाट कहिले छुटकारा पाउलान?,के ब्यापारी सङ्गको नगरको भित्री मिलेमतो छ?,पानी हाल्न प्रयोग गरिएका डस्टविन फोहोर हाल्न कहिले पुनःप्रयोगमा आउछन?सडक पेटिका सिढी हरु कहिले सम्म हटलान अनि यस्तो किसिमको चरम लापरबाही गर्ने सम्बन्धित पक्ष लाई नगरले किन कार्बाही गर्न सकेको छैन?भनेर कञ्चन आवाजले सोधेको प्रश्नमा पञ्चदेवल बिनायक नगरपालिका का प्रमुख प्रशासकिय अधिकृत पदम बहादुर माझिले” पञ्चदेवल बिनायक नगरपालिकालाई स्वच्छ, सफा राख्न, खानेपानी सरसफाइको लागि नगरसभा र कार्यपालिकास्तर बाटै विशेष योजना र बजेट व्यवस्थापन हुन जरुरी देखिएको बताए।

खानेपानी र बजार सरसफाइको विषयमा आवश्यक निर्णय लिन आफुले जनप्रतिनिधिहरूको ध्यानाकर्षण गराएको , सडक अवरोध नगर्न पटकपटक सूचना पनि गरिरहेका तर सडक अवरोध खोल्न, सरसफाइ व्यवस्थापनका लागि गरिएको अनुरोधलाई अस्वीकार गर्ने गरिएको बताउनुभयो ।

साथै उहाले यस विषयमा स्थानीय प्रहरी प्रशासन र जिल्ला प्रशासनसँग समेत कुरा गरेको र अब पनि नगरपालिकाको अनुरोध सूचनालाई वेवस्ता गरी सडक अवरोध र अतिक्रमण गरिरहने थुपारेका सामग्री र बनाएका संरचना नहटाउने नभत्काउने भएमा आफै हटाउने र भत्काउने अभिव्यक्ति दिनुभयो ।

यदि उक्त कुराको ब्यबस्थापन नगरेमा हुनसक्ने सम्भाबित क्षतिको जिम्मेवारी स्वयं व्यक्तिको हुने जानकारी समेत गराउनुभयो।

बजार सरसफाइ र खानेपानी व्यवस्थापनका लागि एक दुई हप्ताभित्रै केही न केही निष्कर्षमा पुग्ने गरी जनप्रतिनिधिहरूसँग समन्वय भइरहेको पनि” उहाले प्रष्ट पार्नुभयो।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button