स्थानीय सरकारको आभास दिलाउदै बिनायक ३ का वडा अध्यक्ष शाही,नमुना कार्य १ पछि अर्को चल्दै,

  •            सुनिल अधिकारी,अछाम।
  •                १३ फागुन २०७७

जिल्लाको पन्चदेवल बिनायक नगरपालिका वडा न:३ ले पछिल्लो समय जनताले महसुस गर्ने विविध समस्यालाई न्यूनीकरण गर्ने तर्फ आफ्नो कार्यक्रम लाई अगाडि बढाएको छ।

आफू निर्बाचित भएको करिब ३ बर्ष पुग्नै लाग्दा आफ्नो चुनाबी घोषणा पत्रमा सार्बजनिक भएका थुप्रै कार्यक्रमलाई आफ्नो कार्यकाल सम्म सक्दो किसिमले पुर्णबिराम दिलाएर छोडने पन्चदेवल बिनायक नगरपालिका वडा न:३ का वडा अध्यक्ष सुरेन्द्र कुमार शाहिले बताए ।

पछिल्लो समय गाउँ गाउँमा सिंह दरबार को नामले परिचीत स्थानीय सरकार प्रती नागरिकका बितृस्णा बढेको,जनगुनासा बढेको,आफ्नो पार्टीका कार्यकर्ता लाई मात्र थाहा दिएर योजना बाडफाड गरेको अनि लक्षित समुदायले त्यस्को कुनै पनि जानकारी प्राप्त नगरेकोले सिंह दरबारको ठाउमा जनताले मासुमा अर्थात रगतमा रमाइरहेको सिंह को संज्ञा दिन थालेका छन।

जनताको काम लाई सर्बोपरी सेवा सम्झिने वडा अध्यक्ष शाहीको काम कर्तव्य प्रती नागरिकहरु एकदमै खुसी र संतोषजनक रहेको वडाबासी हरुले बताउदै आएका छन।

नगरपालिका को ९ वटै वडा हरुको तुलनामा वडा अध्यक्ष शाहीले नमुना योग्य र प्रतिफलयोग्य काम गर्दै आएका छन।वडाबासीको ठूलो समस्याको रुपमा रहेको भुमिसुधार अर्थात लालपुर्जा प्राप्त गर्न धेरै कठिनाई भोगी रहेको हुँदा त्यसको सहज किसिमले समस्या समाधान गर्नका लागि जग्गा धनीहरुका विवरण भुमिसुधार तथा मालपोत कार्यालयमा बुझाइसकेको र अबको केही दिनमै लालपुर्जा सम्बन्धित जग्गा धनिहरुलाइ बितरण गरिने पनि वडा अध्यक्ष शाहिले बताउनुभयो।

यतिमात्र नभएर वडा बाट बिनियोजित रकम अनुसार सम्बन्धित क्षेत्रमा लगानी समेत गरेको प्रष्ट पार्नुभयो।

केही दिन पहिले युबा लक्षित कार्यक्रम अन्तर्गत ६० जना विद्यार्थी हरु लाई बेसिक कम्प्युटर कोर्स अध्ययन को लागि सिफारिस गरेको,महिला लक्षित कार्यक्रम अन्तर्गत आज १२ जना महिलाहरूलाई सिलाइ कटाई तालिमको लागि सिफारिस गरेको,लामो समय देखि अन्योलमा रहेको इलाका प्रशासन कार्यालय बिनायक को कित्ताकाट मा सघाउ पुर्याएको र सुरक्षीत नागरिक आवास कार्यक्रम अन्तर्गत गरिब घरपरिवार को लागि खर अर्थात पराल ले निर्माण गरेका घरलाइ बिस्थापन गर्ने उद्देश्यले लगत संकलन कार्य जारी रहेको पनि उल्लेख गर्नुभयो।

बेसिक कम्प्युटर तालिमको उदघाटन कार्यक्रम 

मध्यम बर्गिय जीवन शैलीमा आफू हुर्किएको र यी नागरिकका समस्या आफुले नजिक बाट बुझेको हुदा नागरिकका समस्या आफ्ना समस्या बनेकोले त्यस्ता समस्या निराकरण गर्न तर्फ लागेको पनि उहाले प्रकाश पार्नुभयो।

सिलाइ कटाइ तालीमको उदघाटन कार्यक्रम 

संविधानले उल्लेख गरे अनुसार का सम्पुर्ण सेवाहरुको बारेमा आफुले जनतालाई जानकारी दिलाएको र उपयुक्त प्रमाण सहित रित पुगेमा सम्बन्धित ब्यक्तिलाई उपयुक्त कार्यक्रम कार्यान्वयन मा पनि सघाउ पुर्याएको दाबी गर्नुभयो।

साथै कुनैपनी योजना बाडफाडमा सम्बन्धित वडाका मानिसलाई प्रत्यक्ष सहभागी गराउने,उपभोक्ता समिती गठन पनि आफ्नो प्रत्यक्ष उपस्थिति मा गराएको बताए।

तसर्थ,मानिस चेतनशील प्राणी भएकोले उसका चाहना अभिव्यक्ति बढ्नु स्वभाबिक भएकोले सकभर त्यस्ता किसिमका समस्या पनि हल गर्न प्रयासरत रहने अभिव्यक्ति दिए।

यसैबीच,जनताका थुप्रै समस्या समाधान त गरे भन्नुभयो तर वडा बासिले खाने पानीको समस्या बाट मुक्ती चाहिँ कहिले पाउलान भनेर कञ्चन आवाजले सोधेको प्रतिउत्तरमा अध्यक्ष शाहिले”यो समस्या बिनायक बजार सहित गाउमा टड्कारो रुपमा देखा परेकोले अबको केही महिनामै मुहान खोजेर पानीको समस्या पनि निराकरण गर्ने आश्वासन दिनुभयो”

यद्यपि,वडा अध्यक्ष शाहिले वडा बासिले राखेका अधिकाङ्स समस्या हल गर्न आफू निरन्तर अगाडि बढेको र वडाको लागि हित हुने कार्यक्रममा तन,मन,धन दिएर अगाडि बढ्ने पनि प्रष्ट पार्नुभयो।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button