बिनायकका प्रहरी हवल्दार बिकको बिदाइ,अछाम बसाई निकै अबिस्मरणिय भएको भनाइ,

  • सुनिल अधिकारी,अछाम।
  • २५ माघ २०७७

इलाका प्रहरी कार्यालय बिनायकका प्रहरी हवल्दार ललित बिकको आज एक कार्यक्रमका बिच बिदाइ गरिएको छ।

बि.स.२०६३ सालमा नेपाल प्रहरीमा आबद्ध भएका प्रहरी हवल्दार बिक बि.स.२०७२ सालमा इलाका प्रहरी कार्यालय बिनायकमा सेवारत रहनुभएको थियो।

करिब ५ बर्षको लामो बसाई अछाम रहेको र आफुले पनि अछामी जनताको यो माया ममतालाइ कहिल्यै नबिर्सने उहाले बताउनुभयो।सके सम्म हरेक क्षण हरेक पल दिनरात नभिनि देश र जनताको शान्ती सुरक्षामा अहोरात्र खटिएर आफुले जनतालाई सधैं सुरक्षाको प्रत्याभूति दिने प्रयत्न गरेको पनि उहाले जानकारी दिनुभयो।यद्यपि कहि कतैबाट आफुले गर्ने काम प्रती कुनै कारण बस रोकिन गएको छ भने उहाले संबंधित पक्षलाइ माफ गरिदिन पनि अनुरोध गर्नुभयो।

कुनै पनि सार्बजनिक जनचासोका कार्यक्रम हुन या अरु अन्य कुनै पनि कार्यक्रम हुन,उक्त कार्यक्रममा आफुले सबै पक्षको राय,सल्लाह र सुझाब लगेर उक्त कार्यक्रम सम्पन्न गर्ने गरेको पनि हवलदार बिकले बताउनुभयो।यसैबीच उहाले अछाम बसाइको समयमा साथ र सहयोग गर्नुहुने सम्पुर्णलाई धन्यवाद समेत ज्ञापन गर्नुभयो।

उक्त बिदाइ कार्यक्रममा इलाका प्रहरी कार्यालयका प्रमुख,इलाका प्रसासन कार्यालयका कर्मचारी ,नेता,पत्रकार,स्थानीय बासिन्दा लगायत करिब ३५ जनाको सहभागीता रहेको थियो।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button