कैलालीका कार्यबाहक वडा अध्यक्षको कोठामा प्रेमिका मृत अवस्थामा फेला,हत्या गरेको आशङ्का

  • कञ्चन आवाज
  • २५ माघ २०७७

कैलालीमा कार्यवाहक वडाध्यक्षको कोठामा प्रेमिका मृत अवस्थामा फेला परेकी छन्।

जिल्लाको गौरीगंगा नगरपालिका–३ का कार्यवाहक वडाध्यक्ष निरज चौधरीको कोठामा उनकी प्रेमिका सञ्जिता चौधरी आइतबार बिहान मृत अवस्थामा फेला परेकी हुन्।

मृतकका दाजु रमेश चौधरीले १० वर्षदेखि कार्यवाहक वडाध्यक्षसँग प्रेम सम्बन्धमा रहेकी बहिनी आइतबार बिहान उनकै कोठामा बाहिरबाट ताल्चा लगाएको अवस्थामा मृत फेला परेको बताए।

चौधरी पासो लगाएको अवस्थामा भेटिएपनि खुट्टा भुईमा टेकिएको र बाहिरबाट ताल्चा लगाएका कारण हत्या गरिएको आशंका उनले गरे।दिनेशखबरबाट

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button