निर्मला पन्तको हत्यारा गृहमन्त्री थापाको छोरा भएको काङ्ग्रेस कैलालीका उपसभापति बमको आरोप

कञ्चन आवाज
३ माघ २०७७

नेपाली कांग्रेस कैलालीका उपसभापति प्रकाश बमले कञ्चनपुरकी १३ वर्षीया बालिका निर्मला पन्तका हत्यारा गृहमन्त्री रामबहादुर थापा‘बादल’ का छोरा भएको आरोप लगाएका छन्।

शनिबार प्रतिनिधि सभा विघटनको विरोधमा कांग्रेसले आयोजना गरेको सभामा बोल्दै उनले यस्तो आरोप लगाएका हुन।

“नेपालमा सबैभन्दा पहिला पत्ता लागेको घटना निर्मला हत्याकाण्ड हो’ उनले भने ‘हत्या भएको ५ मिनेटमै गृहमन्त्रीका छोराले बुवालाई ‘रमाइलो गर्दा हत्या भयो’ भनेर फोन गरेका थिए। त्यसपछि गृहमन्त्रील ेकञ्चनपुरका एसपीलाई फोन गरेर र, एसपीले कञ्चनपुरका मेयरलाई फोन गरेर घटना मिलाउन अनुरोध गरेका थिए।”

२०७५ साउन ११ मा कञ्चनपुरको भीमदत्त नगरपालिका–१८ निम्बुखेडास्थित उखुबारीमा निर्मला पन्तको शव बलात्कारपछि हत्या गरेको अवस्थामा फेला परेको थियो। बलात्कार र हत्या प्रकरणको अनुसन्धान हालसम्म चलिरहेको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button