मृतक काङ्ग्रेस अछामका नेता देवकोटा प्रती कमलबजारका उपप्रमुख बजगाइ द्वारा समबेदना व्यक्त

  • कञ्चन आवाज
  • २ माघ २०७७

जिल्लाको पन्चदेवल बिनायक नगरपालिका वडा न:२ स्थित काङ्ग्रेस नेता धर्मराज देवकोटा प्रती कमलबजार नगरपालिकाका उपप्रमुख भुमिशरण ढकाल बजगाइ ले समबेदना व्यक्त गर्नुभएको छ।

हेरौ यो समबेदना पत्र

मिति २०२० साल असार २१ गते बिनायकमा जन्मनु भएका उनको मिति बि.स.२०७७ साल पौष २९ गते कोहलपुर स्थित शिक्षण अस्पतालमा उपचार को क्रममा मृत्यु भएको थियो।

“नेपाली काङ्ग्रेस अछामका नेता तथा साबिक बिनायक गाबिसका अध्यक्ष एबम सामाजिक ब्याक्तित्व धर्मराज देवकोटाको असामयिक निधनले स्तब्ध बनाएको छ।” उपप्रमुख बजगाइ  द्वारा जारी समबेदना पत्रमा उल्लेख गरिएको छ।

नेता देवकोटा २०३६ सालको जनमत संग्रहमा सहभागी भएर नेविसंघ हुँदै नेपाली कांग्रेसको राजनीतिमा सक्रिय उनी २०५४ सालमा साविकको विनायक गाविसको अध्यक्षमा निर्वाचित भएका थिए ।

उनका आमा, चार छोरा, तीन छोरी र श्रीमती छन ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button