नेकपा को बिस्तारीत बैठक पञ्चदेवल नगरपालीकाको वडा न १ र २ मा सम्पन्न

                         सुनिल अधिकारी
                          २५ पौस २०७७

नेपाल कम्युनिस्ट पार्टी(नेकपा)पन्चदेवल बिनायक नगरपालिका वडा नः१ कुइका वडा कमिटीको बिस्तारित बैठक सम्पन्न भएको छ। प्रधानमन्त्री एबम पार्टी अध्यक्ष केपि शर्मा ओलिको असंबैधानिक कदमको बिरोध गर्दै पार्टी एकता कायम गर्ने,संसद विघटनको विरुद्ध पार्टी एकता कायम गर्नको लागि वडा स्तरीय संघर्स समिती गठन गरिएको छ।

वडा कमिटी अध्यक्ष रघुनाथ तिमिल्सिनाको अध्यक्षतामा भएको कार्यक्रमका प्रमुख अतिथी जिल्ला कमिटी सदस्य तिर्थराज ढकाल रहनुभएको थियो। बिशिष्ट अतिथीमा नगरकमिटी अध्यक्ष नितेश रिमाल रहनु भएको थियो यस्तै अन्य अतिथिहरुमा निर्वाचन क्षेत्रिय सदस्य शिबराज तिमिल्सैना(कुशल),नगरकमिटी सदस्य सुनसरा तिमिल्सैना,भावना रिमाल,चन्द्र ढकाल,अखिल नेपाल शिक्षक संगठन जिल्ला कमिटी सदस्य जगत तिमिल्सैना,अखिल नेपाल शिक्षक संगठन नगर अध्यक्ष जनक तिमिल्सैना,प्रबासी नेपाली संघका जनक तिमिल्सैना,निर्बाचित वडा सदस्य हिरा बि.क.,वडा कमिटी सद्स्यहरु,कृषि सहकारीका अध्यक्ष बेदराज तिमिल्सैना,महिला नेपाल कृषक समुहका मुना तिमिल्सैना लगायत नेकपा मा आस्थावान ,शुभेच्छुक ,शुभचिन्तकहरुको सहभागीता रहेको थियो।

यस्तै आजै पन्चदेवल बिनायक नगरपालिका वडा न २ को वडा कमिटी बैठक पनि सम्पन्न भएको जानकारी प्राप्त भएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button