बिनायक नगरपालिका वडा नं ७ पुल्लेतोलाको डाँडाटोलमा किशोर किशोरीहरूको रूपान्तरण समूह गठन

कन्चन आवाज
२१ पौस २०७७

वर्ल्ड भिजन ईन्टरनेशनल नेपालको आर्थिक सहयोग आस्था नेपाल अछामको आयोजना र पन्चदेवल बिनायक नगरपालिका वडा नं. ७ पुल्लेतोलाको समन्वयमा पन्चदेवल बिनाएक नगरपालिका वडा नं ७ पुल्लेतोलाको डाँडाटोलमा किशोर किशोरीहरूको रूपान्तरण समूह गठन गरिएको छ।

बालक्लब सदस्य भिक बि. क. को अध्यतामा भएको उक्त कार्यक्रममा वडा सदस्य पिरम कामी प्रमुख अतिथि रहनु भएको थियो।बढ्दो उमेर संगसंगै किशोर किशोरीमा आउने शारीरिक , मानसिक र संवेगात्मक परीवर्तनले उनीहरूको जीवनमा पर्न सक्ने नकारात्मक असरहरूबाट उनीहरूलाई बचाउने शिक्षा र उनीहरूको जीवनमा आवश्यक पर्ने जीवन उपयोगी सीपहरू सिकाउने उदेश्यका साथ यो समूह गठन गरिएको हो।

बिकट समुदायमा बसोबास गर्ने जोखीम बालबालिकाहरूको जीवनमा सुधार र सचेतनामा बृध्दिगर्न यस कार्यक्रमले महत्वपूर्ण भुमिका खेल्ने कुरा वडा सदस्यले बताउनु भएको थियो।करीव चालिस जना जतिको सहभागीता रहेको उक्त कार्यक्रमबाट महेन्द्र बि. क. को संयोजकत्वमा तीस सदस्यीय रूपान्तरण समूह गठन गरिएको छ। जसको साथी शिक्षकमा टेक बहादुर भुल र गौरी बि. क. रहनु भएको छ।उक्त कार्यक्रमको सहजीकरण आस्था नेपाल अछाम बाल संरक्षण परियोजनाका सामाजिक परिचालक जनक बहादुर बडुवालले गर्नु भएको थियो।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button