नेकपाको वडा कमिटी बैठक बारलामा सम्पन्न

कन्चन आवाज
२१ पौष २०७७

नेकपा पन्चदेवल बिनायक नगरपालिका वडा न:८ बारलामा वडा कमिटीको बैठक विभिन्न निर्णय गर्दै सम्पन्न भएको छ।

प्रधानमन्त्री केपि शर्मा ओलिको संसद बिघटनको  असैम्बधानिक कदमको बिरोध गर्दै भत्सर्ना गरेको छ।

वडा कमिटी अध्यक्ष लालबहादुर शाहिको अध्यक्षतामा भएको कार्यक्रमका प्रमुख अतिथी जिल्ला कमिटी सदस्य एबम नगर इन्चार्ज राम बहादुर बिक रहनुभएको थियो।

यस्तै अन्य अतिथिहरुमा जिल्ला कमिटी सदस्य महारुप जैसी(बिज्ञान),सचिबालय सदस्य एकेन्द्र बिस्ट,नगर सह इन्चार्ज प्रेम खत्री,अमर बिक(आह्वान),नगरकमिटी सदस्य भरत नेपाली,राधिका सन्ज्याल,जिल्ला सल्लाहकार सदस्य नन्द बहादुर शाही,कुल बहादुर शाही,नगरकमिटी सदस्य तपेन्द्र शाही,नगरकमिटी सचिबालय सदस्य धर्म सन्ज्याल(तुफान),सुरेन्द्र बहादुर शाही लगायतका अतिथी हरु रहनुभएको थियो।

साथै बारलाको वडा कमिटीमा कुनै पनि गुट उपगुट नभइ एक ढिक्का भएको बताइएको छ।उक्त वडा कमिटी कार्यक्रमको सन्चालन वडा कमिटी सचिब डन्डी प्रसाद जैसिले गर्नुभएको थियो।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button