
गुडिरहेको मोटरसाइकलमा बाघले गर्यो आक्रमण,एक जना महिला बेपत्ता
- कन्चन आवाज
- १८ पौष २०७७
अछाम – बर्दियामा मोटरसाइकलमा सवार एक महिलालाई पाटेबाघले झम्टेर लगेको छ।
पूर्वपश्चिम राजमार्ग अन्तर्गत बर्दिया राष्ट्रिय निकुञ्जमा पर्ने अम्रेनी पोष्ट नजिक मोटरसाइकलमा रहेकी महिलालाई शुक्रबार राति पाटेबाघले झम्टेर लगेको हो।
कैलाली लम्किचुहा नगरपालिका ४ की ५० वर्षीया नन्दकला थापालाई पाटेबाघले झम्टेर लगेको बर्दिया राष्ट्रिय निकुञ्जले जनाएको छ ।
बाँकेमा उपचार गरेर आमाछोरा मोटरसाइकलमा घरतर्फ जान लागेका बेला शुक्रबार राति करिब साढे ८ बजेतिर यो घटना भएको हो।
मोटरसाइकल चलाइरहेका छोरालाई सामान्य चोट लागेको छ भने महिलाको अवस्था अझै अज्ञात छ।