बिनायक वडा न :८ बारलामा १७ वटा छाउगोठ भत्काइयो

सुनिल अधिकारी,अछाम।
१३ पौष २०७७

बिनायक नगरपालिका वडा ८ बारलामा १७ वटा छाउगोठ भत्काइएको छ।

पन्चदेवल बिनायक नगरपालिका वडा नः८ का वडाध्यक्ष तारा प्रसाद खनालको े संयोजकत्वमा खटीएको टोलिले आज साबिकको वडा नः६ को कुमाली र तोलीगडाका १७ वटा छाउगोठ भत्काएको हो ।

“ब्यबस्था बदलियो अब अवस्था बदलौ,भत्काऔ छाउगोठहरु अब चेतना बदलौ”भन्ने मुल नाराका साथ आज वडाका विभिन्न टोलमा छाउगोठ भत्काउने अभियानको द्रोसो चरण अन्तर्गत कार्यक्रम सुरु गरिएको हो।

वडाध्यक्ष खनालको संयोजकत्वमा छाउगोठ भत्काउने अभियानको अनुगमन गर्दा उक्त टोलहरुमा अत्याधिक छाउगोठ भेटीएको बताइएको छ ।

छाउगोठ भत्काउने अभियानको क्रममा आगामी दिनमा कुनैपनि नागरिकको घरमा छाउगोठ भेटीएमा कर्मचारी भएमा नगरपालिकाबाट प्रदान गरिने तलबभत्ता देखी लिएर सम्पूर्ण सेवाबन्द गर्ने र अन्य नागरिक भएमा वडा कार्यालय तथा नगरपालिकाबाट प्रदान गरिने सम्पूर्ण सेवाहरुबाट बन्चित गरिने बताउनुभएकोथियो ।

अभियानमा वडासदस्यहरु,नेकपा बारलाका नेता दिल बहादुर शाही,मालिका माध्यामिक विद्यालयका प्रधानाध्यापक तपेन्द्र बहादुर शाही, प्रहरी पोष्ट बारलाका प्रहरी हवल्दार राम बहादुर अएडी,शिक्षक जगत बहादुर शाही,शेर बहादुर शाही,स्वास्थ्य चौकी बारलाका ल्याब असिस्टेन्ट सर्जन बहादुर शाही,हुलाक कार्यालयका प्रतिनीधी नरेश शाही, वडा कार्यालय सहायक अम्मर बहादुर शाही ,समाजसेवी धर्मेन्द्र सन्जयाल लगायतको सहभागी रहेको कन्चन आवाजलाई जानकारी प्राप्त भएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button