कैलाली आइपुग्यो नेकपाको झगडा, पार्टी कार्यालयमा लगाइयो तालामाथि ताला

कन्चन आवाज
२०७७ पुष ७,

संसद विघटन र मध्यावधि निर्वाचनको घोषणापछि नेपाल कम्युनिष्ट पार्टी नेकपामा उत्पन्न परिस्थितिको असर कैलालीमा पनि पुगेको छ।

सोही विषयलाई लिएर सुरुमा प्रधानमन्त्री केपी ओलीनिकट मानिने पार्टी अध्यक्ष रतन थापा समूहले धनगढीस्थित नेकपा पार्टी कार्यालयमा ताला लगाएका थिए।

पछि उक्त तालामाथि नेकपा कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल ९प्रचण्ड० र माधव नेपाल पक्षका नेता तथा कार्यकर्ताले थप एक ताला लगाइदिएका छन्।

पछिल्लो ३ दिनयता कैलालीको धनगढीसहित विभिन्न स्थानमा दुवै पक्षका कार्यकर्ताले नाजाबाजी गर्दै आइरहेका छन्।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button