
Breaking:हेलिकोप्टर दुर्घटना हुदा फ्रान्समा ५ जनाको मृत्यु-कन्चन आवाज
अन्य सदस्यलाई उद्धारका काममा खटेका फ्रान्सेली हवाई उद्धार समूहका तीन जना सहित पाँचको ज्यान गएको फ्रान्सेली राष्ट्रपति म्याक्रोँको ट्वीटलाई उद्धृत गर्दै सिएनएन समाचारले जनाएको छ ।
हेलिकोप्टर दुर्घटनामा पर्दा फ्रेन्च एयर रेस्क्युका पाँचजना आपतकालीन सेवा सदस्यको मृत्यु भएको र अर्का एकजना घाइते भएको बताइएको हो ।
यस दुर्घटनाको कारणका बारेमा अनुसन्धान शुरु भएको छ । उक्त उद्धार टोली कसलाई उद्धारका लागि गएको थियो भन्ने स्थानका बारेमा पनि केही बताइएको छ ।
प्रारम्भिक सूचनामा ती उद्धारकर्मीहरु निकै अप्ठेरो स्थानमा उद्धारका लागि पुगेका थिए भनिएको छ । यस विषयमा विस्तृत भने जानकारी आइसकेको छैन ।