बिप्लब समुहद्वारा मोरङमा शिक्षकको गोलि प्रहार गरि हत्या-कन्चन आवाज

  • कन्चन आवाज
  • २०७७ मङ्सिर २३ गते,रोज ३

मोरङको मिक्लाजुङमा शिक्षकको गोली हानी हत्या गरेको छ । मंगलबार बिहान शिक्षक राजेन्द्र श्रेष्ठको हत्या भएको हो ।

जिल्ला प्रहरी कार्यालय मोरङका प्रहरी उपरीक्षक सन्तोष खड्काका अनुसार ५४ वर्षीय शिक्षकको हत्यामा नेत्रविक्रम चन्द विप्लव समूहका कार्यकर्ताको संलग्नता देखिएको छ । ‘थप अनुसन्धानका लागि हाम्रो टोली घटनास्थलमा पुग्दैछ, ‘ उनले भने ।

श्रेष्ठको हत्या भएको जानकारी मृतकका भतिज महेश श्रेष्ठले प्रहरीलाई जानकारी गराएका थिए ।

महेशको भनाइ उद्धृत गर्दै प्रहरी उपरीक्षक खड्काले मंगलबार बिहान करिब ७ बजे घरबाट केही टाढा रहेको जंगलमा श्रेष्ठको हत्या भएको बताए ।

यो खबर हामिले अनलाइन खबरबाट लगेका हौ”

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button