राजाबादीहरु सडकमा आएपछि प्रधानमन्त्री ओलिले बोलाए सर्बदलिय बैठक-कन्चन आवाज

प्रधानमन्त्री केपी शर्मा ओलीले मंगलवार बस्ने गरी सर्वदलीय बैठक बोलाएका छन् ।

देशका विभिन्न ठाउमा पूर्वराजावादीको प्रदर्शन बढेपछि यसबारे छलफल गर्न ओलीले मंगलवार बिहान ११ बजेका लागि सर्वदलीय बैठक आह्वान गरेका हुन् ।

संसदमा प्रतिनिधित्व गर्ने सबै दलका नेताहरुलाई बैठकमा बोलाइएको प्रधानमन्त्रीका सञ्चार विज्ञ रामशरण बजगाईंले जानकारी दिए   ।

उनले ट्वीटरमा लेखेका छन्, ‘समसामयिक राजनीतिक परिस्थितिबारे छलफल गर्न प्रधानमन्त्री केपी शर्मा ओलीले भोलि बिहान ११ बजे संसदमा प्रतिनिधित्व गर्ने दलहरुको सर्वदलीय बैठक आयोजना गर्नु भएको छ ।’

एक महिना यता देशका विभिन्न स्थानमा राजावादीका प्रदर्शन भइरहेका छन् । गत शनिवार प्रधानमन्त्री ओलीको गृहजिल्लामा पनि राजावादीको बृहत् प्रदर्शन भएको थियो ।

हिजो मात्र नेकपा स्थायी कमिटी सदस्य जनार्दन शर्माले गणतन्त्रविरुद्ध राजावादीको प्रदर्शनबारे विशेष प्रस्तावमा छलफल गर्न नेकपाका अध्यक्षद्वयलाई पत्र दर्ता गराएका थिए ।

समसामयिक राजनीतिक परिस्थितिबारे छलफल गर्न प्रधानमन्त्री केपी शर्मा ओलीले भोलि बिहान ११ बजे संसदमा प्रतिनिधित्व गर्ने दलहरुको सर्वदलीय बैठक आयोजना गर्नु भएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button