२९ औं अन्तरा्ट्रिय अपाङ्गता दिवस सदरमुुुकाम मङ्गगलसैैनमा सम्पन्न-कन्चन आवाज

  • दीपा भण्डारी,अछाम
  • २०७७ मङ्सिर १८ गते,रोज ०४

कोभिड १९ पश्चात्को उत्कृष्ट पुनरागमनको सुनिश्चितताः अपाङ्गता भएका व्यक्तिहरूको पहुँच र दिगो विकासको लागि हामी सबैको प्रतिबद्धता’ भन्ननेमुल नाराका साथ २९ औं अन्तरा्ट्रिय अपाङ्गता दिवस मंगलसेन नगरपालिका स्तरीय अपाङ्ग समितिले अपाङ्गता दिवसको अवसर पारी चियापान सँगै सुभकामना आदान प्रदान कार्यक्रम सम्पन्न गरेको  छ ।

नगर स्तरीय अपाङ्ग समन्वय समितिका अध्यक्ष रुद्र बहादुर विकको अध्यक्षतामा सुरु भएको कार्यक्रम का प्रमुख अथिति मंगलसेन नगरपालिकाका नगर प्रमुख पदम बहादुर बोहरा रहनु भएको थियो ।

प्रमुख अथिति को आसन बाट बोल्दै प्रमुख अतिथि बोहोराले फरक फरक क्षमता भयाका अपाङ्ग व्यक्तिहरू लाई सधैं साथ सहयो आफू गर्दै आएको र अझै पनि उनीहरूको क्षमता लाई मध्यनजर गर्दै अगाडि बढ्न प्रेरित गर्ने प्रतिवद्धता जनाउनु भयो ।

उक्त कार्यक्रममा विशिष्ट अथिति मंगलसेन नगरपालिकाका नगर उपप्रमुख सरिता उपाध्यय ,महिला तथा बालबालिका ज्येष्ठ नागरिक साखाकार्यालयका सहायक निरीक्षक जय लक्ष्मी जोशी , उत्पीडित उथान तथा चेतना विकास समाजका अध्यक्ष भीम जनाला , अछाम व्यावस्थापन समितिका अध्यक्ष पर्भुनात खनाल , वडा नम्बर ४ का अध्यक्ष पदम बहादुर धामी, वडा नम्बर ५ का अध्यक्ष हरिप्रसाद ढुङ्गाना , मंगलसेन नगरपालिका प्रशासन शाखा प्रमुख विष्णु प्रसाद जोशी, साहित्यकार तथा गजलकार वीरेन्द्र बेहोसी लगायत नगर स्तरीय अपाङ्ग समन्वय समितिका सम्पूर्ण पदाधिकारीको उपस्थिति रहेको थियो।

रेडियो कार्यक्रम अपाङ्गता समावेशी आवाजका प्रस्तोता बम बहादुर विश्वकर्माको स्वागत मन्तव्य बाट सुरु भएको कार्यक्रम को सञ्चालन बहादुर साउद ले गर्नु भएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button