
पन्चदेवलका नगरप्रमुख देबकोटालाई देखियो कोरोना,नगरपालिका भने सिल-कन्चन आवाज
- कन्चन आवाज
- २०७७ मङ्सिर १५ गते,रोज ०२
पुर्बी अछामको पन्चदेवल बिनायक नगरपालिकाका नगर प्रमुखलाई कोरोना संक्रमण देखिएपछि नगरपालिका अनिश्चितकालीन बन्द गरिएको छ ।
जिल्लाको कमलबजार प्राथमिक स्वास्थ्य केन्द्रकाे पिसिआर परिक्षण प्रयोगशालामा गरिएको परिक्षणमा नगरप्रमुख देबराज देबकोटालाइ कोरोना संक्रमण पुस्टि भएको थियो ।
नगरप्रमुख देवकोटालाई कोरोना भाईरस कोभिड १९ को संक्रमण पुष्टि भए पछि नगरपालिकाका अत्यावश्यक स्वास्थ्य सेवा बाहेक अन्य सम्पूर्ण काम बन्द गर्ने गरि नगरपालिका सील गरिएको नगरपालिकाका निमित्त प्रशाशकीय अधिकृत पदम बहादुर माझीले जानकारी दिए ।