
बेवारिसेको केन्द्रिय टोली भेरिमा रहेका बेवारिसे बिमारीको ग¥यो अनुगमन
बेवारिसे व्यवस्थापन तथा पुनर्जीवन केन्द्रको टोलिले भेरी अस्पतालमा रहेका बेवारिसे बिरामीको अनुगमन गरेको छ । बेवारिसे व्यवस्थापन तथा पुनर्जीवन केन्द्रका केन्द्रिय अध्यक्ष बिनय जंग बस्नेत, केन्द्रिय महिला संयोजक पबित्रा लामा बाँके जिल्ला संयोजक पूजा बिश्वकर्मा केन्द्रिय प्रतिनिधी राजु गुरुङ्ग लगाएत जिल्लामा क्रियाशिल समाजसेवीलेहरुले भेरिमा रहेका बिरामीका अवस्थाका बारेमा अनुगम गरेका हुन् ।

भेरि अस्पतालमा रहेका बेवारिसे मानिने एक युवकले केन्द्रिय अध्यक्ष बिनय जंग बस्नेत जस्ता ब्यक्ति गाँउ गाँउ टोल टोलमा जन्मे कोहिपनि सडकको पेटिमा भोक र रोगले रोगले मर्न नपर्न बताए । उनि गहभरी आशु लिदै भन्छन् “ म सडकमा बेहोस अवस्थामा पल्टिरहेको रहछु मलाई कस्ले अस्पतालसंम्म पु¥यायो थाहा भएन मेरा आँखा खुल्ला पूजा दिदि लगाएको टोली मेरो उपचारमा खटिनु भएको थियो ” आज म धेरै खुशी छु । अब केहिदिनमा मेरो खुट्टाकोपनि अपरेसन हुने भयो ।
बस्नेत भन्छन् “सडमा कोहिपनि भोक र रोगले नमरोर भनी वृद्ध–वृद्धाका लागि नेपालगञ्जको भुजई गाँउमा २५ जना क्षमताको चार कोठे बा–आमा घर आश्रमका सञ्चालनमा समेत ल्याएको छौं अब कोहिपनि बेवारिसे बन्नु पदैनैं” साथै उपचाररत उक्त ब्यक्तिको शु–स्वस्थ्यको कामना गदै उपचारमा सहयोग पु¥याउने सम्पूर्णलाई धन्यवाद ब्याक्त गनुभयो ।
