
पोखरामा भयो प्याराग्लाइडिङ दुर्घटना : चालकको मृत्यु, यात्रु घाइते-कन्चन आवाज
- कन्चन आवाज
- २०७७ मङ्सिर ०८ गते,रोज ०२
फेवातालको सिरान क्याम्पचोकमा ल्याण्ड गर्ने क्रममा फिस्टेल प्याराग्लाइडिङ दुर्घटनामा परेको हो । ल्याण्डिङ एसियाभन्दा करिव डेढ किलोमिटरमाथि जमिनमा प्याराग्लाइडिङ खसेको कास्कीका डीएसपी सुवास हमालले बताए ।
यात्रु बूढानीलकण्ठ नगरपालिका–२, काठमाडौंकी २८ वर्षीया शिला श्रेष्ठ घाइते भएकी छन् ।
दुघर्टनापछि दुबैलाई उद्दार गरेर सिर्जना चोकमा रहेको मेट्रोसिटी अस्पताल लगिएको थियो । टाउकोमा चोट लागेका चालक नेपालीलाई चिकित्सकले मृत घोषणा गरे ।
डीएसपी हमालका अनुसार छाती र खुट्टामा चोट लागेकी श्रेष्ठको अवस्था गम्भीर छ । उनलाई थप उपचारका लागि काठमाडौं ल्याइँदैछ ।