बाँकेमा बा–आमा घर आश्रम उद्घाटन भएपछि बेवारिसे पाए नयाँ जीवन

कुनैबेला भोक घामपानीबाट बच्न सहरका पिडिमा भौतारिने वृद्ध, वृद्धाहरुको मुहारमा यतीबेला छुटै रौनकता छाएको छ । बेवारिसे चिनिने वृद्धहरुले समयमा खाना बिरामी भएको बेला उपचार उहाँको आवश्यर्तालाई मध्यनजर गदै बेवारिसे व्यवस्थापन तथा पुर्नजीवन केन्द्र बाँके शाखाले नेपालगंज उ.म.न.पा.वडा न.१४ भुजई गाँउमा बा–आमा घर आश्रम उद्घाटन गरेको छ ।

बागेश्वरी अशल शासन क्लवका (बास) अध्यक्ष रमेश सीटौलाले पानसमा बत्ती बाल्दै रिबन काटेर आश्रम शुभारम्भ गर्नु भएको हो । समाजसेवी रमेश सिटौलाले आश्रम घरको रिबन काटेर समुद्धघाटन गर्नुभएको हो ।।
उक्त कार्यक्रममा बेवारिसे व्यवस्थापन तथा पुर्नजीवन केन्दका केन्द्रिय प्रतिनिधी राजु गुरुङ्ग, सनलाईफ ईन्सोरेन्स कमल शाही, रेडियो बाँगेश्वरीका स्टेसन म्यानेजर शुक्लऋषी चौलागाई , मन्टेश्वरी यसोसेसियन बाँके लुना बुढाथोकी लगाएतको उपस्थिती रहेको थियो ।

बेसाहाराको साहारा बन्दै आएको बेवारिसे व्यवस्थापन तथा पुर्नजीवन केन्द बाँकेले हालसम्म १२ जना बेवारिसेको भेरिबाट उपचारपश्चात उद्धार गरि सकेको छ भने भेरीमा भएका बेवारिसे ४ वटा लासलाईसमेत व्यवस्थापन गरेको संस्थागत कार्यक्रम निर्दशक भुपेन्द्र बस्नेत जानकारी दिनुभयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button