
कोरोनाले बिनायकमा देउसी भैलो त रोक्यो तर भिडभाड रोक्न सकेन।।
- सुनिल अधिकारी,अछाम
- २०७७ मङ्सिर ०१ गते,रोज ०२
जिल्लाको पन्चदेवल बिनायक नगरपालिकामा यमपन्चकको पाँचौ दिन अर्थात भाइतिहारमा बिनायक बजारमा मानिसको चहलपहल निकै बाक्लिएको छ।
केहि दिन पहिले जिल्ला प्रशासन कार्यालय अछाम ले तिहारको समयमा देउसि भैलो तथा सामाजिक जमघट हुने क्रियाकलाप नगर्न सबै गाउपालिका र नगरपालिका लाई सूचना जाहेर गरेको थियो।तर त्यो सूचनाको भने पन्चदेवल बिनायक नगरपालिका ले अवज्ञा गरेको छ।
देशमा कोरोना भाइरस(कोभिड-१९) ले ठूलो क्षति पुर्याइरहेको र कोरोना संक्रमितको दर निकै बढ्न सक्ने भन्दै जमघट नगर्न नेपाल सरकारले पनि आग्रह गरेको थियो।
बिनायक बजारका प्रमुख स्थान पन्चदेवल ,बिचबजार र सुन्तला बारि मा मानिसको बाक्लो उपस्थिति रहेको थियो।यसरी जमघट गर्दा कोरोनाले झन बिकराल रुप लिने पन्चदेवल बिनायक नगरपालिका वडा न :-९ कालेकाडाका रुप बहादुर शाहिले बताएका छन।
यसैबीच २०६९ साल मा आफ्नी बहिनिको हात बाट टीका र फुलमाला लगाउदा बिनायकमा देउसी भैलो खुबै राम्रो लागेको र करिब ७ बर्ष पछि फेरि आउदा बिनायक बजारमा भिडभाड मात्र रहेको र देउसी भैलो भने नहुदा तिहार खल्लो भएको तुर्माखाद गाउपालिका का स्थानिय गोरख बहादुर न्यौपाने ले कन्चन आवाजलाई बताए।
साथै उहाले यसरी भिडभाड गर्न दिनुभन्दा त देउसिभैलो खेल्न दिनु नै बुद्धिमानी हुने कुरा ब्यक्त गरे।यसैबीच उहाले कोरोना आफ्नो ,बिरानो नभनी भिडभाड मा प्रबेश नगर्ने र देउसि भैलोमा मात्र प्रबेश गर्ने भन्ने गलत बुझाइको अन्त्य हुन आवस्यक रहेको जोड दिनुभयो।