पन्चदेवल बिनायक का उपप्रमुख चलाउने र वडा अध्यक्ष शाही द्वारा दशै तिहारको शुभकामना व्यक्त,,

  • सुनिल अधिकारी,अछाम 
  • २०७७ कार्तिक २० गते,रोज ०५

पन्चदेवल बिनायक नगरपालिका का उपप्रमुख एबम न्यायिक समिती संयोजक अम्बिका कुमारी चलाउनेले बडा दशै तथा शुभ दिपावली २०७७ सालको शुभकामना व्यक्त गर्नुभएको छ।

देश कोरोना भाइरस कोभिड १९ को उच्च जोखिममा रहेकोले सम्पुर्ण देशबासिलाइ कोरोना सङ्ग लड्ने शक्ति प्रदान होस भन्दै उहाले माता दुर्गा भवानी समक्ष अनुरोध गरेकी छिन।देश अहिले कोरोनाको जटिल मोडमा प्रबेश गरेको भन्दै पहिले जस्तो औपचारिक कार्यक्रम गरेर मनाउन नसकिने अवस्था आएकोले अहिले आफुले अनलाइन र विद्युतिय साधन मार्फत शुभकामना दिएको बताइन।

साथै उहाले हाम्रा परम्परा,धार्मिक सहिस्णुता,मेलापर्व जस्ता मानव सङ्ग प्रत्यक्ष सम्बन्ध जोडिएका कार्यक्रम आयोजना गर्दा आफ्नो जिबनको रक्षा गर्न पनि उतिकै महत्त्वपूर्ण हुने धारणा ब्यक्त गर्नुभयो।

दशै लाई केही दिन अगाडि मात्र बिदाइ गरिएतापनी तिहारको समयमा बढी भिडभाड हुने,देश बिदेश बाट आफन्त घरदेश अथवा स्वदेस आउदा कोरोनाको जोखिम बढ्ने,जुवा तासको बिगिबिगी हुने ,जाड रक्सिको ओसारपसार भइ समाजमा नराम्रो घटना घट्न सक्ने हुदा त्यसतर्फ पनि संयमित हुन आग्रह गर्नुभयो।

यदि कुनै पनि सार्वजनिक कार्यकममा सहभागी हुदा अनिवार्य मास्क को प्रयोग गर्ने,सामाजिक दुरि २ मिटर कायम गर्ने , बेला बेला राम्ररी साबुन पानीले हात धुने,भिडभाडमा नजाने लगाएतका स्वास्थ्य मापदण्ड पालना गरेर मात्र सभा समारोह मा जान सुझाव दिनुभयो।
तिहार जस्तो दाजुभाइ दिदिबहिनी को पबित्र पर्व घर मा मात्र सिमीत गर्न अपिल समेत गर्नु भएको छ।

यसैबीच,उक्त नगरपालिका वडा न-३ का वडा अध्यक्ष सुरेन्द्र कुमार शाहिले पनि दशै तिहारको वडा बासिलाइ सुभकामना सन्देश सहित कोरोना बाट टाढा रहन अनुरोध गर्नुभएको   छ।

देश अहिले कोरोनाको उच्चतम बिन्दुमा प्रबेश गरिरहेको र त्यसको प्रभाब आफ्नो वडामा पनि परेको हुनाले त्यसको सम्पर्क बाट अलि टाढा रहन वडा बासिमा आग्रह गर्नुभएको छ।

साथै वडा अध्यक्ष शाही ले कोरोनाले ग्रसित बनाइरहेको अवस्थामा र तिहारको रौनकता बढिरहदा वडा कार्यालय नजिकै रहेका पसलमा म्याद गुज्रेका सामान र उपभोक्ता ठगिको गुनोसो सुन्नमा आएको  हुदा त्यस्ता गैरजिम्मेवार र अमानवीय व्यवहार प्रती अब वडाले कडा एक्सन लिएर अघि बढ्ने आस्वासन पनि व्यक्त गर्नुभयो।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button