
आजको मौसम – पहाडी भुभागमा बर्षा को सम्भावना
- कन्चन आवाज
- २०७७ कार्तिक २० गते,रोज ०४
हाल नेपालमा पश्चिमी वायुको प्रभाव रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
महाशाखाका अनुसार बुधबार दिउँसो देशको पहाडी भूभागका केही स्थानहरुमा हल्का वर्षाको सम्भावना रहेको छ । यस्तै अन्य स्थानमा सामान्यतः: मौसम सफा रहनेछ ।
यस्तै राति देशको पहाडी भूभागमा आंशिक बदली रही अन्य भूभागमा मौसम सामान्यतया सफा रहनेछ । पहाडी भूभागका एक वा दुई स्थानहरुमा हल्का वर्षाको सम्भावना रहेको पनि महाशाखाले जनाएको छ।