९ दिन देखि अबरुद्ध तालागाड जलविद्युत सुचारु ,भोल्टेजमा अझै सुधार आउन सकेन,,

  • सुनिल अधिकारी,अछाम।
  • २०७७ कार्तिक १८ गते,रोज ०३

तालागाड लघु जलबिधुत आयोजना अबरुद्ध भएको करिब ९ दिन पछि सुचारु भएको छ।

यसरी अचानक विद्युत सेवा अबरुद्ध हुदा नगरबासिले यस पालिको दशै अन्धकार मै मनाउन बाध्य भएका थिए।जिल्लाको पन्चदेवल बिनायक नगरपालिका वडा न:५ लयाटिबाट बितरण गरिने विद्युत सेवा यसरी अबरुद्ध हुदा नगरपालिका को प्रमुख ब्यापारिक केन्द्र बिनायक बजार सहित ग्रामीण बस्तिमा स्थानीय बासिहरुले अन्धकारमै दशै मनाउन पर्दा दशै खल्लो भएको गुनासो गरेका थिए।

कहिले राजनैनिक खिचातानीले गर्दा त कहिले विद्युत सेवा सन्चालक समितिको आन्तरिक समस्या ले गर्दा बेला बेला उपभोक्ता हरुले बिद्धुत को पहुचबाट पन्छिनु परेको छ।

अरु समय भन्दा दशै,तिहारको समय अलि महत्त्वपूर्ण हुने भएकोले दशै तिहारकै मुखमा यसरी विद्युत सेवा अबरुद्ध हुदा जनताले सास्ति खेप्नु परेको एक जना उपभोक्ता ले गुनासो गर्नुभएको थियो।

यसै बिषयमा कन्चन आवाज सम्बादाता ले तालागाड लघुजलविद्युत आयोजना को भोल्टेज मा कहिले सुधार आउँछ होला भनेर बुझ्दा उक्त आयोजनाका म्यानेजर गणेश बहादुर शाही सङ्ग फोन सम्पर्क हुन सकिरहेको छैन।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button