सुदुरपस्चिम प्रदेश कमिटी सदस्य भण्डारी द्वारा दशै तिहारको शुभकामना ब्यक्त,,साबधानी अपनाउन आग्रह ,,

सुनिल अधिकारी,अछाम ।
२०७७ कार्तिक ०७ गते,रोज ०६

नेपाल कम्युनिस्ट पार्टी(नेकपा)सुदुरपस्चिम प्रदेश कमिटी सदस्य एबम शोडशा भुतपुर्व बिद्यार्थी समाज अछाम का अध्यक्ष शंकर प्रसाद भण्डारी ले दशै तथा तिहारको पुनित अवसरमा सुदुरपस्चिम प्रदेशबासी तथा देश तथा बिदेशमा रहनुभएका नेपालिलाइ शुभकामना व्यक्त गर्नु भएको छ।

देश कोरोना भाइरस (कोभिड-१९)ले आक्रान्त बनाएको बेला परापुर्ब काल जस्तो बढी भिडभाड नगरी,मास्क को प्रयोग गरेर,सामाजिक दुरि कायम गरेर मात्र पुजा आरधना तथा मेला पर्व जस्ता धार्मिक कार्यक्रम मा सहभागी हुन सदस्य भण्डारी ले आग्रह गर्नुभएको छ।

हिन्दु नेपाली हरुको महान चाड दशै,तिहार र छ्ट पर्व हाम्रो घर आगनिमै छाइरहेको समयमा कोरोना भाइरस को संक्रमण झन बढ्दो क्रममा रहने भएकाले बिदेश बाट आएका आफन्त र घरभन्दा बाहिर जिल्ला प्रबेश गरेका दाजुभाइ लाई करिब २१ दिन सम्म क्वारेन्टाइन वा एकान्तबास बसाउन लगाइ स्वास्थ्य परिक्षण गराएर मात्र दशै तिहारमा रमाउन उहाले शुझाब समेत दिनुभएको छ।

साथै उहाले कन्चन आवाज सङ्गको संक्षिप्त्त कुराकानीमा”स्वास्थ्य सबै भन्दा ठूलो धन भएकाले(Health Is wealth)सबैले यसको परिभाषा बुझेर मात्र देश तथा बिदेश बाट आएका दाजुभाइ बाट सामाजिक दुरि कायम गरेर धार्मिक कार्य गर्न पनि सदस्य भण्डारी ले आग्रह गर्नुभएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button