
सुदुरपस्चिममा सर्पको टोकाइबाट बालकको मृत्यु
कन्चन खवर संवाददाता
२०७७ साउन ३२ गते,रोज १
सुदुरपस्चिम्को कञ्चनपुरमा सर्पको टोकाइबाट एक बालकको मृत्यु भएको छ। महाकाली नगरपालिका –४ थलालटोलका ७ वर्षीय बालक आदेश बुढाको मृत्यु भएको हो।
घरमा सुतिरहेका अवस्थामा सर्पले डसेको र उपचारका लागि उनलाई महाकाली अस्पताल महेन्द्रनगर लगिएको थियो।
अस्पतालमा उपचारकै क्रममा बालकको ज्यान गएको बताइएको छ।