विश्व हिन्दु लियो क्लबको कर्णाली प्रदेश अध्यक्षमा कालिकोटका प्रिन्स शाही ठकुरी नियुक्त

रिजन धामी,काठमाडौ
२१ असार २०७८

काठमाडौं । विश्व हिन्दु युवा संघले प्रिन्स शाही ठकुरीलाई विश्व हिन्दु लियो क्लबको कर्णाली प्रदेशको अध्यक्षमा नियुक्त गरेको छ ।

कालिकोट स्थायी घर भएका ठकुरीलाई संघले आज कर्णाली प्रदेशमा हिन्दु जागरण अभियान सञ्चालन गर्ने, संघले निर्माण गरेको विधान अनुसार काम गर्ने,नीति र विधि बिधानमा रहने गरि अध्यक्षमा नियुक्त गरेको हो ।

ठकुरी केही समयदेखि विश्व हिन्दु लियो क्लबमा आवद्ध रहेका थिए । उनको कार्य कुसलताको मुल्यांकन गर्दै संघले अध्यक्षमा नियुक्त गरेको हो । अध्यक्ष नियुक्त भएपछि ठकुरीले देशको धर्म, संस्कृति र पहिचानको रक्षार्थ आफुले काम गरिरहने प्रतिवद्धता जनाए ।

साथै हिन्दु बिचार धारा र यसले जनमानसमा पार्ने सकारात्मक पक्षको पनि रक्षा गरि देशलाई नै सत्मार्गको बाटोमा हिडाउने प्रयत्न गरिने अध्यक्ष ठकुरीले कञ्चन आवाजलाई बताए।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button