तालागाड जलबिधुत अबरुद्द भएको महिनौ दिन पूरा,नगरबासी अन्धकारमा बस्न बाध्य

कञ्चन आवाज,अछाम।
१४ असार २०७८

अछाम-जिल्लाको पञ्चदेवल विनायक नगरपालिकामा बितरण हुने तालागाड लघुजलबिधुत आयोजना अबरुद्ध भएको महिनौ दिन पुग्दा समेत सुचारु हुने सम्भावना देखिएको छैन।

जेठ महिनाको पहिलो साता देखि अबरुद्ध भएको विद्युत अझै पनि सुचारु नहुदा नगरपालिका क्षेत्रमा सन्नाटा छाएको छ।

कहिले मानवीय कारण त, कहिले दैबिय र प्राबिधिक कारण ले अबरुद्ध हुने उक्त जलविद्युत यो पटक लामो समय बित्दा पनि उक्त विद्युत सेवा सुचारु नहुदा स्थानीय बासी आक्रोशित भएका छन।

नगरपालिकाको वडा न:२,३,४, र ५ वडाका करिब पाँच हजार घर धुरी उक्त आयोजना बाट लाभान्वित हुने गरेका थिए ।

यसैबीच कञ्चन आवाजले तालागाड लघुजलबिधुत आयोजनाका लेखापाल गणेश बहद्दुर शाही सङ्ग सम्पर्क गरि विद्युत सेवा लामो समय सम्म अबरुद्ध हुदा पनि किन पुनःह सुचारु हुन सकेन?र विद्युत अबरुद्ध हुनाको कारण के हो? भनेर सोधेको प्रश्नमा उहाले” विद्युत अबरुद्ध हुनाको प्रमुख कारण ट्रान्सर्फमरमा समस्या आएको र मर्मतको लागि काठमाडौ पठाएकोले केहि समय लाग्ने प्रष्ट पारे,साथै अबको करिब २-४ दिनमै विद्युत सूचना हुने कुरा पनि उल्लेख गरे।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button