बैतडीका १ जना वडा अध्यक्ष होटलमा परस्त्री सङ्ग रमाउदै गरेको अवस्थामा पक्राउ

कञ्चन आवाज
६ चैत्र २०७७

बैतडी दोगडाकेदार गाउँपालिका–७ का वडा अध्यक्ष भरत महरा खोचलेकको एक होटलबाट महिलासँग शंकास्पद रुपमा भेटिएका छन्।

महरा र महिलालाई नियन्त्रणमा लिइएको बैतडीका प्रहरी प्रमुख प्रहरी नायब उपरीक्षक नारायणप्रसाद अधिकारीले जानकारी दिए। दुवैजनालाई बिहीवार राति ३ बजे होटलबाट नियन्त्रणमा लिएको प्रहरी नायब उपरीक्षक अधिकारीले बताए।

उनीहरु एउटै कोठामा रहेको भन्ने वडा अध्यक्षकी श्रीमतीले प्रहरीलाई खबर गरेकी हुन्। शंकास्पद रुपमा भेटिएका दुवैजनालाई सदरमुकाम ल्याइन लागिएको प्रहरी नायब उपरीक्षक अधिकारीले बताए। ‘दुवैजनालाई एउटै कोठाबाट नियन्त्रणमा लिएका हौं,’ उनले भने, ‘जिल्ला ल्याइँदैँछ, थप बुझ्छौं। अहिले नै सबै कुरा भन्न सकिने अवस्था छैन। पार्टीको काम भएकाले सँगै कोठामा बसेको भन्ने छ।’ वडाअध्यक्ष महरा नेकपा एमालेबाट स्थानीय तहको निर्वाचनमा निर्वाचित हुन्।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button