विद्याकि देबि सरस्वतीको पुजा आरधना बिनायक सहित अछामका विभिन्न स्थानमा मनाइयो

सुनिल अधिकारी,अछाम।
४ फागुन २०७७

विद्याकी अधिष्ठात्री देवी सरस्वतीको पूजा आराधना गरी अछामबासीहरुले धुमधामका साथ वसन्त पञ्चमी (श्रीपञ्चमी) मनाएका छन् ।

जिल्ला को पञ्चदेवल बिनायक नगरपालिका वडा न:३ स्थित बिधामन्दिर नमुना माध्यामिक बिधालय र मालिका पब्लिक बोर्डिङ स्कुलमा निर्मित सरस्वती मन्दिरमा विहानै देखी दर्शनका लागि भक्तजनहरुको भिड लागेको थियो।

यो सरस्वतीको मन्दिर यस क्षेत्रकै भक्तजनहरुको पवित्र थलोको रुपमा मानिन्छ । मन्दिरमा पूजा गर्न विद्यार्थी मात्र होइन स्थानीयहरु साथै बुढापाकाहरु समेत लाइनमा बसेर पुजा गर्ने गरेका छन् । सरस्वती पुजाको दिन शुभकार्य गर्न साइत हेराउनु पर्दैन भन्ने मान्यता रही आएको छ ।

साना-साना नानीहरुलाई सरस्वतीको दर्शन गराई अक्षर लेख्न पनि आजकै दिन बाट सिकाउने परम्परा अनुसारनै सरस्वती मन्दिरमा बालबालीकाहरुको भिडनै लाग्ने गरेको छ । अभिभावकहरुले पनि आजकै दिन छोरा छोरीलाई अक्षर सिकाउने र विद्याअर्जन गर्ने दिनको रुपमा परम्परागत रुपमा मान्दै आएको बताएका छन् ।

सरस्वती मन्दिर, विद्यालयहरुमा मात्र होइन विद्यार्थी र बालबालीकाहरुले जिल्ला का विभिन्न पालिकामा रहेका सामुदायिक बिधालय लगायत निजि (बोर्डिङ ) स्कुलका विद्यार्थीहरुले सरस्वतीको पूजा गरेमा मनग्यै विद्या आर्जन हुने धार्मिक विश्वास रही आएको धार्मिक बिश्वास रहेको छ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button