
फेरि धनगढीमा ४ वर्षीया बालिका बलात्कृत, बलात्कार गर्ने युवक पक्राउ
- कन्चन आवाज
- २२ पौष २०७७
सुदूरपश्चिमको अस्थायी राजधानी धनगढीमा ४ वर्षीया बालिकामाथि बलात्कार भएको छ। धनगढी उप–महानगरपालिका वडा नम्बर ९ घुईयाघाटकी ४ वर्षीया बालिकामाथि सोमबार बलात्कार गरिएको प्रहरीले जनाएको छ।
जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक प्रतीक बिष्टले बालिकामाथि उनकै छिमेकी भारतको उत्तरप्रदेशका १९ वर्षीय रविकुमार कोरीले बलात्कार गरेको जाहेरी दर्ता भएको बताए।
सोही जाहेरीका आधारमा कोरीलाई पक्राउ गरि घटनाको अनुसन्धान भइरहेको बताउँदै प्रहरी नायब उपरीक्षक बिष्टले उनले मामाघरमा आएका बेला बलात्कार गरेको जानकारी दिए।
अदालतबाट म्याद थप गरि कोरीमाथि अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।