
संसद बिघटन भएको केही मिनेटै सुरक्षा निकायलाई हाइ अलर्टमा रहन निर्देशन
कन्चन आवाज
आइतवार, पुस ५, २०७७
काठमाडौं । राजनीतिक घटनाक्रम फेरिएसँगै चारै सुरक्षा निकायले आफ्ना मातहतलाई ‘चनाखो बस्न’ सर्कुलर गरेका छन् ।
राजनितीक परिदृश्य फेरिएको भन्दै नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी र राष्ट्रिय अनुसन्धान विभागले देशभर ‘चनाखो’ बस्न भन्दै सर्कुलर गरेका हुन् ।
प्रधानमन्त्री केपी शर्मा ओलीले संसद विघटन गर्न सिफारिस गरेपछि सुरक्षा निकायलाई ‘हाई अलर्ट’ राखिएको छ ।
‘शान्ति सुरक्षाको अवस्था र अन्य गतिविधि निगरानी भएको अवस्था हो’ नेपाल प्रहरीका प्रवक्ता (एसएसपी) वसन्त कुँवर भने ।
सुरक्षा निकायले देशभर संवेदनशील र ‘चनाखो हुन’ सर्कुलर गरेका छन् । सुरक्षा निकायलाई ‘अलर्ट’ बस्न भनिएको प्रधानमन्त्री कार्यालयका एक उच्च अधिकारीले बताए ।
‘संसद विघटनबारे फाइनल निर्णय के हुन्छ भनेर बसेका छौं,’ सुरक्षा निकायका एक उच्च अधिकारीले भने ।
प्रधानमन्त्री निवास बालुवाटार आसपास र शीतल निवास क्षेत्रमा ठुलो संख्यामा नेपाल प्रहरी र सशस्त्र प्रहरी परिचालन गरिएको छ ।