प्रधानमन्त्री निवास बालुवाटार मै बन्याे हेलिप्याड,,आउजाउ गर्न सजिलो-कन्चन आवाज

  • कन्चन आवाज
  • २०७७ कार्तिक २७ गते,रोज ०५

नागरिक उड्डयन प्राधिकरणको मापदण्ड अनुसार हेलिप्याड निर्माण भएको प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले जानकारी दिएका छन्।

बालुवाटारमा निर्माण भएको हेलीप्याडले अब बालुवाटारबाट विमानस्थल आउजाउ गर्ने क्रममा हुने ट्राफिक जाम हट्ने उनले बताएका छन्।

प्रधानमन्त्री केपी शर्मा ओलीले बुधबार संखुवासभा जाने क्रममा नवनिर्मित हेलिप्याडबाट उडान गरिएको पनि थापाले बताए। उनका अनुसार साँझ निवास फर्किँदा पनि नवनिर्मित हेलिप्याडमै अवतरण गरिएको थियो।

‘अब उपरान्त बालुवाटारबाट एयरपोर्ट जान–आउन लाग्ने समय बचत हुनुका साथै ट्राफिक जामबाट सर्वसाधारणले सास्ती खेप्नुपर्ने समस्या पनि सिर्जना हुने छैन’, थापाले फेसबुकमा लेखेका छन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button