
धनगढीको कार्यक्रम स्थलमा निर्मलाको बलात्कारी खै लेखेको टिसर्ट लगाउने युबाहरु लाई पक्राउ
- कन्चन आवाज
- २०७७ पौौष २४
धनगढीस्थित खुुला मञ्चमा आयोजना गरिएको नेकपा ओली समूहको जनसभामा ‘निर्मला पन्तको बलात्कारी खै ?’ लेखिएको टिसर्ट लगाउने युवाहरुलाई प्रहरीले नियन्त्रणमा लिएको छ।
उनीहरुले कञ्चनपुरकी १३ वर्षीया बालिका निर्मला पन्तको बलात्कार गरी हत्या भएको २ वर्ष बित्दा पनि सरकार मौन रहेको भन्दै विरोध जनाएका थिए। उनीहरु ‘निर्मला पन्तको बलात्कारी खै ?’ र ‘निर्मलालाई न्याय दे’ लेखेको टि–सर्ट लगाएर प्रधानमन्त्री ओली सहभागी कार्यक्रमा उपस्थित भएका थिए।
२०७५ साउन ११ मा कञ्चनपुरको भीमदत्त नगरपालिका–१८ निम्बुखेडास्थित उखुबारीमा निर्मला पन्तको शव बलात्कारपछि हत्या गरेको अवस्थामा फेला परेको थियो। बलात्कार र हत्या प्रकरणको अनुसन्धान हालसम्म चलिरहेको छ।
दिनेश खबरबाट