
अपाङ्गता परिचय पत्र वितरण समन्वय समितीको बैठक विभिन्न निर्णय गर्दै सम्पन्न
कन्चन आवाज
१६ पौस २०७७
पन्चदेवल विनायक नगरपालिकामा अपाङ्गता परिचय पत्र वितरण समन्वय समितीको बैठक विभिन्न निर्णय गर्दै सम्पन्न भएको छ ।
पन्चदेवल विनायक नगरपालिकाका नगर उप–प्रमुख तथा समन्वय समितीका संयोजक अम्बिका चलाउनेको अध्यक्षतामा भएको बैठकले अपाङ्गता परिचय पत्र लिन वाँकी रहेका तथा परिचयपत्र नविकरण गर्नुपर्ने व्यक्तिहरुको लागि आउँदो माघ २ र ३ गते अपाङ्गता परिचयपत्र वितरण शिबिर सञ्चालन गर्ने, नगरपालिकाको सम्पूर्ण वडाहरुमा अपाङ्गता भएको व्यक्तिहरुको तथ्याङ्क संकलनको लागि पत्राचार गरिसकेको र तोकिएको समयमानै नगरपालिकामा तथ्याङ्क विवरण पेश गर्न सुचित गर्ने लगायतका निर्ण गरेको छ ।
बैठकमा पन्चदेवल विनायक नगरपालिका शिक्षा यूवा तथा खेलकुद शाखा प्रमुख पहलसिंह नेपाली, स्वास्थ्य शाखा संयोजक लक्ष्मिकान्त बजगाँई,सूचना प्रविधि अधिकृत ललित बहादुर बुढा,रोजगार संयोजक भरतराज अधिकारी ईलाका प्रहरी कार्यालय विनायकका ईन्चार्ज भरत बहादुर रोकाय, बहुक्षेत्रिय पोषण योजनाका स्वयंसेवक हँशराज अधिकारी लगायतको सहभागी रहेकोथियो भने बैठकको सहजीकरण पन्चदेवल विनायक नगरपालिका महिला बालबालिका तथा जेष्ट नागरिक शाखाका संयोजक भावना शर्माले गर्नुभएकोथियो ।