
Breaking: बिनायकमा आगलागी हुदा १ घरको छानो सहित रुखमा खत्याइ राखेको ४ कुनिया पराल जलेर नस्ट,,
- कन्चन आवाज,अछाम।
- ११ पौष २०७७
अछाम :पन्चदेवल बिनायक नगरपालिका वडा न:२ स्थित लामागडा भन्ने ठाउमा आगलागी हुदा १ छानो सहित ४ कुनिया पराल पुर्ण रुपमा जलेर नस्ट भएको छ।
।
करिब ६ बजे तिर गगन धामिको भैंसी गोठमा आगो बाल्ने क्रममा गोठमा राखिएको खरबाट छानोमा आगो सल्किएको र त्यसले ठूलो रुप लिदा छानो नजिकै रहेको गगन धामिको भतिजा बिरेन्द्र बहादुर धामिको रुखमा खत्याइ राखेको करिब ४०० गिल्टा परालमा ज्वालाको लप्सा जादा पराल जलेर नस्ट भएको हो।
उक्त आगलागी बाट मानबिय क्षति भने नभएको इलाका प्रहरी कार्यालय बिनायकका प्रहरी हवल्दार ललित बिक ले कन्चन आवाजलाई जानकारी दिनुभएको छ।
आगलागी बाट के कति क्षति भयो भन्ने बारेमा थप विवरण आउन बाकी रहेको छ।