उपचार गर्न जान्छु भनेर घरबाट गएका अधिकारी ,७ बर्ष भयो अझै ,फर्केनन,,


२०७७ असार २८
सुनिल अधिकारी,अछाम।

अछामको पन्चदेवल बिनायक नगरपालिका वडा न ३ साबिकको ५ न वडा टाकुरेगडा घर भएका ४३ बर्षका बेपत्ता कृष्ण अधिकारी अझै घर फर्केका छैनन। मिति २०७२ साल असार ६ गते पन्चदेवल बिनायक नगरपालिका वडा न ५ लयाटि का एकजना बिरामी ब्याक्तीलाई उपचार गर्न जान्छु भनेर घरबाट हिडेका उहाँ कता छन ,के गरिरहेका छन,कस्तो अबस्थामा छन कुनै अत्तोपत्तो छैन।सबै ठाउँ खबर गरिसक्यौ कुनै यथार्थ र वास्तविक समाचार पाउन सकेनौ,देश तथा बिदेशका आफन्तजन सङ्ग सोधपुछ गर्दा कुनै खबर प्राप्त गर्न नसकेको कुरा उहाका छोरा शिबराज अधिकारी ले कन्चन आवाज अन्लाईन लाई जानकारी दिए।

समाजसेवामा अब्बल , आयुर्वेदिक उपचारका कबिराज , लोकप्रिय् ब्याक्तीत्व, एउटा मल्टीडायनामिक ब्याक्ति समाजमा नहुदा यतिखेर समाजले र उहाका सेवाग्राही हरुले ठूलो आत्मिय क्षति गुमाएका छ्न।

बैसाखी को सहायताले भएपनी ,लामो समय लगाएर भनेको ठाउँमा दिनरात ,घामपानी नभनी अहोरात्र उपचार सेवामा खटिने अधिकारी आजभोलि गाउमा नपाउदा उहाका सेवाग्राही हरुका आखामा आँसु रसाएका छन।एउटा खुट्टा अपांग भएपनि उहाको चारितृक अवस्था भने सपाङ्ग जस्तै थियो।

साथै उक्त घटनाको बारेमा पटक पटक आफ्नो बेपत्ता श्रीमान को खोजि गरिदिन सबै वडा अध्यक्ष ,सम्बद्ध संघसंस्था सङ्ग कुरा गर्दा पनि कुनै किसिमको पहल नभएको बेपत्ता अधिकारी कि धर्मपत्नी धनादेबी अधिकारिको गुनासो रहेको छ।यसैबीच ,तपाइले बेपत्ता भैसकेको आफ्नो पति लामो समय सम्म पनि बेखबर हुदा केही खबर पाउनु भयोकी भएन भनेर सोध्दा उहाले लयाटी हुँदै तालागाड लघुजलबिधुत आयोजना को पावरहाउस सम्म पुगेको खबर आफुलाइ प्राप्त गराएको स्थानीय बासिन्दा ले बताएको भनेकी छिन। उहाका जेठा छोरा शिबराज अधिकारी ले बेपत्ता बुवाको उद्धार मिडिया क्षेत्रले मात्र गर्न सक्ने भन्दै सबै मिडिया कर्मि साथिहरुले यो समाचार सेयर र रेडियो हरुलाई उच्च सम्मानका साथ समाचार सम्प्रेषण गरिदिन हुन आग्रह गरेका छ्न।

साथै उहाले बेपत्ता आफ्ना बुवाको खोजी को लागि अहिले भारतमा गएको र केही दिनपछि घर आएर थप अनुसन्धान तर्फ अगाडि बढ्ने अभिव्यक्ति दिएका छन। बेपत्ता अधिकारिकी एउटा बुढी आमा,एक जना भाइ , एउटा धर्मपत्नी ,चार छोरा लगायत एक छोरी रहेका छ्न।आफ्नो बुवा ७ बर्ष सम्म पनि बेखबर हुदा आफ्नो पढाइ खर्च ,पोसण मा कमि आएको ,मिठो मसिनो खान नसकेको उहाका छोरा र छोरिले रुदै कुरा गरेका छ्न।आफ्ना बुवा लाई तुरुन्त पत्ता लगाइदिन पनि उनकी छोरी लक्ष्मी अधिकारी ले आग्रह गरेकि छिन।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button