नेपालमा आज थप ६३४ जनामा कोरोना पुष्टि, संक्रमितको संख्या ३१,११७ पुग्यो

सुनिल अधिकारी,अछाम।
२०७७ भदौ ६ गते,रोज ०७

नेपालमा आज थप ६३४ जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ।

२४ घन्टामा देशका विभिन्न प्रयोगशालामा गरिएको परीक्षणका क्रममा यी व्यक्तिमा कोरोना भाइरसको संक्रमण पोजेटिभ देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले जानकारी दिएका हुन्। योसँगै नेपालमा कोरोना संक्रमित हुनेको संख्या ३१ हजार ११७ जना पुगेको छ।

पछिल्लो २४ घण्टामा थप १३६ जना कोरोना संक्रमणमुक्त भएका छन्। योसहित नेपालमा हालसम्म १८ हजार ३५० उपचारपछि निको भएका छन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button