कोरोनाको जोखिम बढ्दै बिनायकमा,होम क्वारेन्टाइन बस्नेको मनोमानी ले गर्दा समस्या ,,

सुनिल अधिकारी,अछाम ।
२०७७ साउन २७ गते रोज ३

सुदुरपस्चिम प्रदेश को पहाडी जिल्ला अछाम को पन्चदेवल बिनायक नगरपालिका मा कोरोनाको जोखिम झन बढ्दो क्रममा देखिएको छ।

रोजगारी को लागि बिदेश पलाएन भएकाहरु बिदेश मा कोभिड १९ को सन्त्रास ले आफ्नो जन्मभुमि तिर फर्किरहेका समाचार बेला बखत सन्चार माध्यम मा आइरहेको समयमा पन्चदेवल बिनायक नगरपालिका वडा न :३ मा पनि छिमेकी देश भारत बाट केही दिन पहिले ९ जना फर्किएका छ्न।

भारत बाट रोजगारी गरेर फर्किएका उनिहरु नत क्वारेन्टाइनमा नै बसेका छ्न , नत कुनै त्यस्तो सेफ होम क्वारेन्टाइनमा।

प्रत्येक दिन करिब ३-४ जना कोरोना संक्रमण ले वृद्धि हुने यस नगरपालिकामा बिदेश बाट आएका हरु सेफ होम क्वारेन्टाइन मा नबसी खुलेयाम बजार क्षेत्र घुम्ने,मास्क नलगाउने ,एउटै पधेरो प्रयोग गर्ने लगायत का असाबधानी ले कोरोना सर्ने प्रमुख कारण बनेको छ।

यस्तो किसिमको लापरबाही ले वडाका विभिन्न ठाउमा कोरोनाको संजाल फैली कोरोना हटस्पट पनि नबन्ने कुरामा दुइमत छैन।

कोरोना सन्त्रासमा पनि यस्तो किसिमको लापरबाही हुदा वडा न:-३ कहानिर चुक्यो?किन तिनीहरु लाई क्वारेन्टाइन मा बस्ने बाताबरण सिर्जना नगरेको भनेर कन्चन आवाजले सोधेको प्रस्नमा वडा अध्यक्ष सुरेन्द्र शाहिले “आफुले उनिहरुलाइ जबर्जस्ति घर नपठाइ अबको केही दिनमै क्वारेन्टाइन निर्माण गरेका भौतिक पुर्बाधार बिद्यालय भएकाले तत्काल पठन पाठन गराउने सूचना आएकोले उक्त क्वारेन्टाइन हटाइने कुरा आएकोले उनिहरुलाइ केन्द्रको निर्णय अनुसार मात्र सेल्फ होम क्वारेन्टाइन मा बस्न पठाएको “बताएका छ्न।

साथै उहाले सेल्फ होम क्वारेन्टाइन मा नबसेको कुरा धेरै ठाउमा सुन्नमा आएकोले यदि २१ दिन सम्म सुरक्षित तबरले नबसि,बजार घुम्ने लगायतका गैरजिम्मेवार काम गरेमा कानुन अनुसार कार्बाहि गरिने पनि जानकारी दिनुभयो।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button