
सुदुरपस्चिममा सबैभन्दा बढी अछामका २ सय ३७ जना स्वास्थ्यकर्मिले लगाए कोरोनाको खोप
- कञ्चन आवाज
- १४ माघ २०७७
सुदूरपश्चिममा पहिलो दिन १ हजार बढीले कोरोना विरुद्धको ‘कोभिशिल्ड’ खोप लगाएका छन्।
प्रदेशका ९ वटा खोप केन्द्रमार्फत १ हजार ८२ जना स्वास्थ्यकर्मीले खोप लगाएको सामाजिक विकास मन्त्रालयले जनाएको छ।
सबैभन्दा धेरै अछाममा २ सय ३७ जना स्वास्थ्यकर्मीले खोप लगाएको मन्त्रालयका प्रवक्ता कार्कीले बताए।
यस्तै सेती प्रादेशिक अस्पतालमा १ सय ७० जना, टीकापुर अस्पतालमा ८७ जना, डोटीमा १ सय ५६ जना, कञ्चनपुरको महाकाली अस्पतालमा १ सय २४ जना, डडेल्धुरामा १ सय २२ जना, बैतडीमा ७, बझाङमा ५९ र दार्चुलामा ५० जना स्वास्थ्यकर्मीले खोप लगाएको उनले बताए।
भारतले अनुदानमा उपलब्ध गराएका खोप पहिलो चरणमा स्वास्थ्यकर्मी, सुरक्षाकर्मी र सरसफाईकर्मीलाई लगाइने प्रदेश सरकारले जनाएको छ।
संघीय सरकारले सुदूरपश्चिमका लागि कोरोना विरुद्धको ३६ हजार डोज खोप धनगढी पठाएको छ।
आइतबार संघीय सरकारको स्वास्थ्य सेवा विभागले रेफ्रिजेरेटर भ्यानमार्फत प्रदेशका १६ हजार २ सय ९३ जनालाई लगाउन मिल्नेगरी कोरोना विरुद्धको खोप पठाएको थियो।