बिनायक ३ स्वास्थ्य केन्द्रको फोहोर ५ महिना सम्म पनि उठ्न सकेन,स्थानीय सरकार भने बेखबर

             सुनिल अधिकारी,अछाम।
                      ४ माघ २०७७

जिल्लाको पन्चदेवल बिनायक नगरपालिका वडा न:३ स्थित आधारभूत स्वास्थ्य केन्द्र को ब्यबस्थापन पक्ष पछिल्लो समय एकदमै कमजोर अवस्थामा देखा परेको छ।

चौतिस लाख त्रेह हजार सात सय उन्नन्चास रुपैयाँ लागतमा सम्पन्न भएको उक्त स्वास्थ्य केन्द्रमा कमसल सामानको प्रयोग,गुणस्तरीय कच्चापदार्थको कमिका कारण निर्माण भएको पाँच महिनामै भौतिक संरचना कहाँ नीर के हुन्छ भन्न सक्ने अवस्थामा छैन।

हेरौ यो स्वास्थ्यको हबिगत

निर्माण कार्य सम्पन्न भएको ५ महिनामै स्वास्थ्य केन्द्रको भवन को जग र पेटिको ठाउँ अहिले चिरा परेर सिमेन्ट उप्किएको छ।५ महिना भयो स्वास्थ्य केन्द्र परिसरको फोहोरको डङ्गुर हटाइएको छैन,स्वास्थ्य केन्द्र सम्म पुग्ने सडक फराकिलो नहुदा र बढी उकालो हुदा गाडी चढ्न नसकेर यतिखेर बिरामी लाई आवतजावत गर्न निकै सास्ती भएको छ।

स्वास्थ्य जस्तो सभ्यताको पहिचान झल्काउने ठाउमा यस्तो किसिमको समस्या दिनप्रतिदिन देखा पर्दा पनि सम्बन्धित सरोकारवाला पक्ष भने उदासिन जस्तै बनेका छन।

स्वास्थ्य परिसरको फोहोर

बारम्बार स्वास्थ्य केन्द्रको समस्या पन्चदेवल बिनायक नगरपालिका र वडा कार्यालय मा राख्दा पनि त्यसको सुनुवाइ नभएको र त्यसको कुनै प्रतिक्रिया आफुलाइ प्राप्त नभएको स्वास्थ्य केन्द्रका हेल्थ असिस्टेन्ट मङ्गल बहादुर शाहिले कन्चन आवाज लाई जानकारी दिए।

आफुले थोरै सरसफाइ गरेर पुग्ने भए यतिबेला सम्म हटाइसक्थे,के गर्नु माटो र ढिस्कोले स्वास्थ्य केन्द्रको परिसर नै छोपेको छ,बिरामी लाई राम्रो सङ्ग बस्ने ठाउँ छैन।आफैलाइ दुख लाग्छ उहाले भने।

यो विषयमा आफुले पटक पटक पन्चदेवल बिनायक नगरपालिका वडा न:३ का वडा अध्यक्ष सुरेन्द्र कुमार शाहि सङ्ग फोहोर हटाउन को लागि डोजरको ब्यबस्था मिलाइ दिन अनुरोध गरेको र उहाले आज हुन्छ भोलि हुन्छ भनेर दिन लम्ब्याउने काम गरेको पनि असिस्टेन्ट शाहिले बताए।

साथै हामिले स्वास्थ्य जस्तो संबेदनसिल र मानिसको जीवन सङ्ग प्रत्यक्ष सम्बन्ध जोड्ने स्वास्थ्य केन्द्रमा यस्तो समस्या देखापर्दा पनि तपाईंले किन आलटाल गर्न खोज्नुभाको भनेर सोधेको प्रश्नमा वडा अध्यक्ष शाहिले”आफू सधैं जनता र सेवाग्राहीको सेवामा एक कदम पछि नसरि आफुले पटक पटक स्वास्थ्य केन्द्रको फोहोरको ढिस्को हटाउनको लागि डोजरको उपलब्धता गराइदिन नगरपालिका सङ्ग साक्षात्कार गरेको र नगरपालिका ले नै चासो नदिएको आरोप” लगाउनुभयो।

यसरी एक पक्षले अर्को पक्षलाई दोष लगाउदा त्यो स्वास्थ्य केन्द्रले कहिले बिरामीको मन जित्ला कुनै टुंगो छैन।यस्तो जनगुनासो कन्चन आवाजलाई प्राप्त हुदा स्थलगत अनुगमनमा जादा जादा अधिकाङ्स स्थानीय बासिन्दाले यसको प्रमुख दोशी पन्चदेवल सरकार रहेको बताए।

यसैबीच, वडा अध्यक्ष ले पटक पटक डोजरको कुरा गर्दा पनि नगरपालिकाले किन सुनुवाइ गरेको छैन भनेर पन्चदेवल बिनायक नगरपालिकाका प्रमुख प्रसासकिय अधिकृत पदम बहादुर माझी सङ्ग सोध्दा उहाले”पटक पटक खबर गरेको भनिएतापनी यो खबर पहिलो पटक सुन्नमा आएकोले स्वास्थ्य केन्द्रको प्राङ्गणमा जम्मा भएको फोहोरलाइ हटाउनको लागि यदि डोजर टाढा नगएर यतै भए आजै डोजरको ब्यबस्था गर्ने र फोहोर तत्काल ब्यबस्थापन गर्ने” अभिव्यक्ति दिनुभएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button