अछामका एकजना शिक्षक ले गरे आत्महत्या,

कन्चन आवाज
३ माघ २०७७

पुर्बि अछामको कमलबजार नगरपालिका वडा न ५ निबासी एकजना शिक्षकले आज आत्महत्या गरेका छन।

पन्चदेवल बिनायक नगरपालिका वडा न:१ स्थित जाल्पेस्वरी माध्यमिक बिधालयका शिक्षक नरेन्द्र प्रसाद तिमिल्सैनाले घर देखि अलि टाढाको रुखमा घाटिमा डोरि लगाइ झुन्डिएर आत्महत्या गरेको जाल्पेश्वरी माध्यामिक बिधालयका प्रधानाध्यापक नवराज न्यौपाने ले कन्चन आवाजलाई जानकारी दिए।

अबेरसम्म पनि घर नफर्किदा स्थानीय ले कता जानुभयो भनेर खोज तलासा गरेका थिए। करिब आधा घन्टाको समय लगाएर खोज्ने क्रममा उहाको आज बिहान करिब ५ बजे तिर रुखमा झुन्डिएको अवस्थामा शब फेला परेको थियो।

साथै उहाको शबलाइ पोस्टमार्टमको लागि जिल्ला अस्पताल मङ्गलसैन पठाइसकेको पनि प्रधानाध्यापक न्यौपानेले बताए।

घटनाको बारे बिस्तृत विवरण भने आउन बाकी रहेको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button